यी हुन् यसपटक विश्वकप गुमाएका देश र स्टार खेलाडीहरु


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

विश्वका फुटबलको महाकुम्भ विश्वकप २०१८ शुरु हुन अब ५ दिन मात्र बाँकी छ ।

विश्वकपको मिति नजिकिएसँगै सबैको चासो सहभागी राष्ट्र र तिनका खेलाडीहरुमा केन्द्रीत भैरहेका छन् । सम्भावित विजेता टिमकाबारेमा आ आफ्नै अनुमान र शुभेच्छा व्यक्त हुन थालेका छन् । यसपटक ३२ राष्ट्रहरुले विश्वकपमा भिड्ने अवसर पाएका छन् ।

तर यो विश्वकपमा यस्ता देश र चर्चित खेलाडीहरूले खेल्न पाएनन् जो सधैँ चर्चामा रहिरहेका हुन्छन् । सन् २००६ मा समेत गरी ४ पटकको विश्वकप विजेता इटाली यसपटकको विश्वकपमा रहने छैन । छनौट चरणबाटै बाहिरिएका इटालीका प्रशंसकहरुले यसपटक पक्कै न्यास्रो मान्नेछन् ।

यस्तै यसअघिका विश्वकपमा दमदार प्रदर्शन गर्दै फाइनल र सेमिफाइनलिष्ट नेदरल्याण्ड्स, चिली, वेल्स जस्ता राष्ट्रहरूले पनि यसपटक विश्वकप गुमाएका छन् । आर्जेन रोबिन (नेदरल्याण्ड्स), ग्यारेथ बेल (वेल्स),एलेक्सिस सान्चेज (चिली) जस्ता स्टार खेलाडीहरू टीभीमै विश्वकप हेरेर चित्त बुझाउनुपर्ने बाध्यता बनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै जान ओब्लाक (स्लोभेनिया) एन्टोनियो भ्यालेन्सिया (इक्वेडर), भिर्गील भान डिज्क (नेदरल्याण्ड्स), ग्रे मेडेल (चिली), डेभिड अल्बा (अष्ट्रिया) क्रिस्टियन पुलिसिक (युएसए), नेबी किटा (गिनिया) पिएरे एमरिक औवामेएङ (गाबोन) लगायतका धेरै विश्वचर्चित खेलाडीले यो पटकको विश्वकप गुमाउँदैछन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com