ट्रम्प र किमको भेटघाट हुने होटल कस्तो छ?


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ अनबीच हुने बहुप्रतिक्षित भेटवार्ता सिङ्गापुरको सेन्टोसा टापुस्थित एक होटलमा हुने ह्वाइट हाउसले पुष्टि गरेको छ।

जुन १२ मा हुने सो भेटवार्ता कुनै पनि अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीचको पहिलो भेटवार्ता हुनेछ।

ह्वाइट हाउसकी प्रेस सचिव स्यारा स्यान्डर्सले सो भेटवार्ता त्यहाँको पाँचतारे क्यापेला होटलमा हुने जनाएकी छन्।

तर दुवै नेता अन्यत्र छुट्टाछुट्टै होटलमा बस्नेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प र किम

 

राष्ट्रपति ट्रम्प अघिपछि अमेरिकी राष्ट्रपतिहरू बस्दै आएको सांग्रिला होटलमा बस्ने आकलन गरिएको छ भने स्ट्रेट्स टाइम्स पत्रिकाका अनुसार किम सेन्ट रिजिस सिङ्गापुरमा बस्नेछन्।

ती दुवै होटल सिङ्गापुरको मुख्य टापुमा अवस्थित छन्।

किन सेन्टोसा?

सिङ्गापुरका करिब ६३ वटा टापुहरूमध्ये सेन्टोसा एक हो।

करिब पाँच सय हेक्टरमा फैलिएको सो टापुमा विलासी रिजर्टहरू, धनीमानीहरूका आवासगृह तथा गल्फ क्लबहरू छन्।

सिङ्गापुरको मूलभूमिभन्दा अलिकति पर रहेको सो टापुको अवस्थितिका कारण सेन्टोसालाई सुरक्षित स्थान मानिन्छ।

टापुको आवतजावत सहजै नियन्त्रण गर्न सकिन्छ। त्यहाँ आउनजानका लागि खालि एउटा केबलकार, एउटा मोनोरेल, एउटा पैदलयात्रुहरूका लागि मार्ग र गाडीका लागि एउटा सुरुङमार्ग मात्र छन्।

साथै विश्वनेताहरूलाई ऐतिहासिक वार्ताबाट केही विश्राम लिन मन लागे गल्फ कोर्सहरू त छँदैछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com