कफी पोखाएपछि प्रधानमन्त्रीले झाडु लगाए..


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले संसद भवनमा आफुले बोकेको कफी पोखाएपछि झाडु लगाएका छन् ।

सांसद भवन जाने क्रममा उनले बोकेको कफी हातबाट खसेको थियो । सफा गर्न कर्मचारीको जिम्मामा छोड्नुको सट्टा उनले आफै झाडु समातेर भुँई सफा गरेका हुन् । प्रधानमन्त्री आफै अग्रसर भएपछि सांसद भवनका सरसफाई गर्ने कर्मचारीहरुले भने उनको ताली बजाएर स्वागत गरेका छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com