राष्ट्रपतिले भिडबाट बोलाएर महिलाई किस गरेपछि..


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

फिलीपिन्सका राष्ट्रपति रोड्रिगो डुटार्टे विवादमा तानिएका छन् । एक लाइभ कार्यक्रममा फिलीपिन्सकै एक महिलालाई स्टेजमा बोलाएर लिप किस गरेपछि उनी विवादमा परेका हुन् ।

डुटार्टेले दक्षिण कोरियामा एक जनसमूहलाई सम्बोधन गर्ने क्रममा एक महिलालाई मंचमा बोलाए। उनले ती महिलालाई किस गर्नको लागि मंजुरी लिए । र, उनलाई लिप किस गरे ।

यो दृश्यले ठुलो भीडको ध्यानकर्षण गरेको छ । फिलीपीनीको ग्याब्रियला समूहले राष्ट्रपतिको कदमलाई लिएर विरोध गरेको छ । समूहले डुटार्टेको कदमलाई निच कामको संज्ञा दिँदै महिला विरोधी भएको आरोप लगाएका छन् । राष्ट्रपतिले किस गरेको महिलाले भने डुटार्टेको कदममा कुनै र्दुभावना नभएको प्रतिक्रिया दिएकी छन् ।

दक्षिण कोरियाको राजधानी सोलमा डुटार्टेले फिलीपीनी कामदारहरुलाई सम्बोधन गर्ने क्रममा सो घटना घटेको हो । भीडमा फिलीपीनी कामदारहरु ज्यादा थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com