बेलायतमा जनावर तथा पक्षीको भुवा आयातमा प्रतिबन्ध लगाएको भन्दै प्रदर्शन


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

बेलायत सरकारले भुवा आयातमा प्रतिबन्ध लगाएको भन्दै त्यसका विरुद्धमा जनावर अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् ।

बेलायतको संसद् अगाडि झण्डै एक सय जना अधिकारकर्मीहरूले सोमबार सरकारी निर्णयको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

‘भुत्ला आयात खुल्ला गर’ अभियान चलाएका उनीहरुले त्यससम्वन्धी व्यानर, फोटोलागयत प्रदर्शन गरेका थिए ।

बेलायतमा चीन, फ्रान्स, पोल्याण्ड, क्यानडालगायत १५ देशबाट भुवा तथा छालाजन्य सामग्रीहरु आयात हुने गरेको थियो ।

सरकारको निर्णयका विरुद्धमा चार लाख जनाले हस्ताक्षर गरेर प्रधानमन्त्री टरिजा मेलाई बुझाउने भएका छन् । (रासस÷एएफपी)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com