यात्रुको जिउ गन्हाएपछि जहाजको आपतकालीन अवतरण


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

Transavia TAV-YT196 737-800 Delivery Ribbon Cutting and Flyaway

मौसमको खराबी, जहाजको प्राविधिक गडबडी वा दुर्घटनाको जोखिम आदिजस्ता कारणले उडिरहेको जहाजको आपतकालीन अवतरण भएको त समाचार सुनिएकै हो । तर नेदरल्याण्डस्को एक जहाज भने एक अनौठो कारणले गर्दा पोर्चुगलमा आपतकालीन अवतरण गर्नुपरेको छ ।

नेदरल्याण्डको ट्रान्सेभिया एयरलाइन्सको विमानमा एक यात्रुको जिउबाट आइरहेको दुर्गन्धका कारण विमानको इमरजेन्सी ल्याण्डिङ गराउनुपरेको हो ।

नेदरल्याण्डको स्किपल एयरपोर्टबाट उडान भरेको जहाजलाई पोर्चुगलमा आपतकालीन अवतरण गराइयो । जबकि उक्त जहाज स्पेनको ग्रेन टापुका लागि उडेको थियो ।

जहाजमा चढेका एकजना यात्रुको जिउ यतिधेरै गन्हाइरहेको थियो कि जहाजमा रहेका केही यात्रु त दुर्गन्ध सहन नसकेर बेहोस समेत भएका थिए । कतिपय यात्रुले वान्ता गरिरहेका थिए । जहाजका स्टाफले जिउ गन्हाउने व्यक्तिलाई ट्वाइलेटमा थुन्ने कोसिस पनि गरे । तर दुर्गन्ध कम भएन । अन्ततः पोर्चुगलमा विमानको आकस्मिक अवतरण गरी ती व्यक्तिलाई उपचारका लागि पठाइयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आखिर ती व्यक्तिको जिउ त्यतिधेरै गन्हाउनुको कारण के हो ? भन्ने बारेमा चाहीँ खुलेको छैन । उनको नाम पनि गोप्य राखिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com