मेक्सिकोमा भएको सवारी दुर्घटनामा दश जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

मेक्सिकोमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।

मध्य मेक्सिको राज्यमा मालबहाक ट्रकले यात्रु लिएर गुडिरहेको बसलाई ठक्कर दिएर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

घटनामा परी अरु ११ जना घाइते भएका छन् । ट्रकको ‘ब्रेक फेल’ भएर बसलाई ठक्कर दिएको बताइएको छ । ट्रकमा निर्माण सामग्री रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृतकमध्ये आठ जनाको घटनास्थलमै र अरु दुई जनाको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी अधिकारीले जनाएका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

मेक्सिको राज्यका गभर्नर अल्फ्रेडो डेल माजोले सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै घटनाका पीडित र उनीहरुका परिवारजनलाई सरकारको तर्फबाट उचित सम्वोधन हुने बताउनुभएको छ ।

साथै उहाँले मृतकप्रति श्रद्धाञ्जलि र आफन्तप्रति समवेदन पनि व्यक्त गर्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com