अमेरिकालाई व्यापार युद्धको चेतावनी


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्।

जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो।

क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने फ्रान्सले केही दिनमै व्यापार युद्ध शुरू हुनसक्ने अवस्थातर्फ ध्यानाकर्षण गराएको थियो।

तर ट्विटरमा राष्ट्रपति ट्रम्पले आफ्नो देशलाई वर्षौँदेखि अरू देशहरूले व्यापारमा शोषण गरिरहेको उल्लेख गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बचाउ

ट्रम्पले उक्त करले अमेरिकी स्टील उत्पादकहरूको संरक्षण गर्ने उल्लेख गर्दै त्यो अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण भएको बताए।

ट्रम्प

 

उनले अमेरिकी फर्महरूले युरोप र अन्यत्र भोग्ने अवरोधहरूबारे पनि गुनासो गर्दै अब चलाख हुनुपर्ने समय आएको उल्लेख गरे।

तर अमेरिकी अर्थमन्त्रीले संयुक्त राज्य अमेरिकाले विश्व अर्थतन्त्रको नेतृत्व नछाडेको भन्दै उनले अरू देशका चिन्ताहरू राष्ट्रपति ट्रम्पसमक्ष पुर्याएको बताएका छन्।

बिहीवार मात्रै अमेरिकी वाणिज्यमन्त्रीले स्टीलमा २५ प्रतिशत र एलुमिनियममा १० प्रतिशत कर बढाउने निर्णय कार्यन्वयनमा आएको बताएका थिए।

कारोबार

अमेरिकाका उत्पादनसम्बन्धी उद्योग निर्माण र तेल उद्योगमा तिनीहरूलाई कच्चा सामग्रीका रूपमा प्रयोग गरिन्छ।

इयु क्यानडा र मेक्सिकोले अघिल्लो वर्ष झण्डै २३ अर्ब डलर मूल्य बराबरका स्टील र एलुमिनियम अमेरिकामा निर्यात गरेका थिए।

अघिल्लो वर्षको कुल ४८ अर्ब डलरको स्टील र एलुमिनियम आयातको उक्त परिमाण लगभग आधा हो।

ट्रम्प प्रशासनको निर्णयको इयु, क्यानडा र मेक्सिकोले आलोचना गर्दै आफूहरूले पनि त्यसरी नै शुल्क बढाउने घोषणा गरेका छन्।

कतिपय रिपब्लिकन नेताले पनि उक्त कदमको आलोचना गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com