पोर्तुगलमा फेरि २२ वर्षीय नेपाली युवकद्वारा झुन्डिएर आत्महत्या


प्रकाशित मिति : जेष्ठ १९, २०७५ शनिबार

पोर्तुगलमा फेरि एकजना नेपालीले झुन्डिएर आत्महत्या गरेको दु:खद खबर प्राप्त भएको छ ।

मोरङ घर भएका २२ वर्षीय कार्की थरका युवकको निधन भएको हो । उनको यही जुन २२ तारिखका दिन रेजिडेन्स परमिटका लागि विदेशी तथा सीमा हेर्ने निकाय (सेफ) मा अपोइन्टमेन्ट रहेको भेटिएको छ ।

पोर्तुगलको मोन्तेजु क्षेत्रमा बस्दै आएका कार्कीको शव गणतान्त्रिक राष्ट्रिय सुरक्षा (जीएनआर) प्रहरीले पोस्ट मार्टमका लागि लिएकोले दाह संस्कार हेर्ने निकाय (फुनेररिया) मार्फत उनको विस्तृत जानकारी लिने प्रयास गरिएको छ । समाचारको आधिकारिक निकायबाट पुष्टि हुन र विस्तृत विवरण आउन बाँकी छ ।

एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले घटनाबारे आफूलाई जानकारी आएको पुष्टि गरेका छन् । निधन भएका कार्कीसहित १७ नेपालीले पोर्तुगलमा ज्यान गुमाइसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com