पोर्तुगलमा फेरि एकजना नेपालीले झुन्डिएर आत्महत्या गरेको दु:खद खबर प्राप्त भएको छ ।
मोरङ घर भएका २२ वर्षीय कार्की थरका युवकको निधन भएको हो । उनको यही जुन २२ तारिखका दिन रेजिडेन्स परमिटका लागि विदेशी तथा सीमा हेर्ने निकाय (सेफ) मा अपोइन्टमेन्ट रहेको भेटिएको छ ।
पोर्तुगलको मोन्तेजु क्षेत्रमा बस्दै आएका कार्कीको शव गणतान्त्रिक राष्ट्रिय सुरक्षा (जीएनआर) प्रहरीले पोस्ट मार्टमका लागि लिएकोले दाह संस्कार हेर्ने निकाय (फुनेररिया) मार्फत उनको विस्तृत जानकारी लिने प्रयास गरिएको छ । समाचारको आधिकारिक निकायबाट पुष्टि हुन र विस्तृत विवरण आउन बाँकी छ ।
एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले घटनाबारे आफूलाई जानकारी आएको पुष्टि गरेका छन् । निधन भएका कार्कीसहित १७ नेपालीले पोर्तुगलमा ज्यान गुमाइसकेका छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।