विदेशमा रहेका नेपाली दूतावास खारेज गर्ने सरकारको निर्णय


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

सरकारले विदेशस्थित नेपाली नियोगहरूको पुनरावलोकन गरी अनावश्यकलाई खारेज गर्ने भएको छ।

पार्टीगत भागबण्डामा आफ्ना कार्यकर्तालाई राजदूत बनाएर पठाउनकै लागि आवश्यक नै नरहेका ठाउँमा समेत दूतावास खोली राजदूत पठाउने विगत सरकारका निर्णयलाई वर्तमान सरकारले सच्याउन लागेको हो।

विदेशस्थित नेपाली नियोगको पुनरावलोकन गरी प्रभावकारी नभएका नियोग खारेज गरिनेछ,’ मङ्गलवार संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले भने, ‘नेपालको मित्र राष्ट्रहरूसँग व्यापार, लगानी, पर्यटन, श्रम, वातावरण तथा प्रविधिका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न आर्थिक कूटनीतिको परिचालन प्रभावकारी बनाइनेछ।’

पछिल्लोपटक नेपालले स्पेनमा दूतावास खोलेको थियो। स्पेनमा नेपाली दूतावासको आवश्यकता नहुँदानहुँदै दलका कार्यकर्तालाई राजदूत बनाई पठाउनका लागि तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७३ फागुनमा स्पेनको मड्रिडमा दूतावास खोल्ने निर्णय गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, अष्ट्रियामा पनि आवश्यकता नहुँदा पनि सरकारले स्थायी नियोग खोलेको थियो। यस्तै, विदेशस्थित अन्य केही नेपाली दूतावासको प्रभावकारिताको विषयमा पनि बेलाबखत प्रश्न उठ्ने गरेको छ। खास गरी म्यानमार, इजिप्ट, क्यानडा, ब्राजिलमा रहेका नेपाली दूतावास आवश्यक नरहेको सरोकारवालाको भनाइ छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com