राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ ।

उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ । ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए ।

राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए । उनलाई के कस्तो असुरक्षा थिए भन्ने बारेमा केही खुलेको छैन । उनको हत्यापछि प्रहरीेले अनुसन्धान सुरु भएको बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरुद्धमा उनले केही समय अघि निकै समाचारहरु लेखेका थिए । उनी रुसका एकजना चर्चित र खोज पत्रकारको रुपमा काम गरिरहेका बताइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ गोली हानी छोडिएको अवस्थामा फेला परेका उनको केही क्षणमै ज्यान गएको थियो । उनको शरीर रगतले लत्पतिएको अवस्थामा भेटिएको किभ प्रहरीले जनाएको छ ।

प्रहरीले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको भन्दै तर अहिलेसम्मको अवस्था हेर्दा उनको निकै पहिलादेखि नै पछ्याएर र सुनियोजित रुपमा हत्या भएको संकेत मिलेको जनाएको छ ।

अर्काडी बाब्चेन्को नामका ती पत्रकार ४१ वर्षका थिए । उनी युक्रेनबाट क्रिमिया टुक्रिएर रुसमा विलय भएदेखि नै पुटिनका आलोचक बनेका थिए । उनलाई गोली हानेको आवाज सुनेको र घटनास्थलमा पुग्दा उनको अवस्था निकै गम्भीर पाएको उनकी श्रीमतीले जनाएकी थिइन् ।

उनी रुसको आलोचकका रुपमा किभमा मारिने दुई वर्ष यताका दोस्रो पत्रकार हुन् । दुई वर्षअघि पनि उनीजस्तै अर्का रुसका आलोचक पत्रकारको किभमा नै हत्या भएको थियो ।

किभका प्रहरी प्रवक्ता यार्सालोभ तारकोलोले पत्रकार बाब्चेन्कोको हत्या उनको व्यवसायसँग जोडिएको हुनसक्ने अनुमान गरेका छन् । उनले भनेका छन्– उनको पत्रकारिता व्यवसाय र उनको कार्यसम्पादनजस्ता विषय नै उनको हत्याको कारण हुनसक्छ ।

मस्को छोड्नुअघि उनले रुसको विपक्षी दलहरुको समर्थनमा प्रकाशित पत्रिका नोभिया गजेटामा काम गर्ने गर्दथे । उनी किभमा रहेर स्तम्भ लेख्ने कामगर्थे भने उनका लेखहरु निकै चर्चित हुने गर्दथे ।

उनलाई पछाडिबाट गोली हानिएको प्रहरीले जनाएको छ । अचेत अवस्थामा भूईँमा लडेका उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मत्यु भएको प्रहरीको भनाई छ ।

उनले सन् २०१६ मा रुसमा दुर्घटनाग्रस्त एउटा रुसी सैनिक विमानको बारेमा आलोचनासहितको एक समाचार लेखेका थिए । त्यसपछि आफूलाई मार्ने धम्की आएको उनले बताएका थिए ।

त्यस लगत्तै उनले रुस छाडेको समाचार त्यतिबेला पनि आएको थियो । केही महिना प्राग बसेका उनी पछि युक्रेनको राजधानी किभमा सरेका र पछिल्लो एक वर्ष त्यहीँ बस्दै आएका थिए ।

सुरुमा यी पत्रकार सेनाका जागिरे रहेको र पछि त्यो जागिर छोडेर पत्रकारितातर्फ लागेको पाइएको छ । सेनामा भर्ना भएका उनी सन् १९९४ देखि २००० सम्मको चेचेन युद्धमा पनि खटेका थिए ।

रुसी राष्ट्रपति पुटिनका आलोचकहरु रुसमा बस्न नसक्ने अवस्था भएपछि युक्रेनमा बस्ने गरेका छन् । पुटिनका आलोचक अरूजस्तै बाब्चेन्को पनि छिमेकी देश युक्रेनमा बस्दै आएका हुन् ।

तर रुस विरोधी नेता र पत्रकारहरुका लागि पछिल्ला केही वर्षहरुमा किभ पनि एक असुरक्षित स्थान बन्दै गएको महसुश भएको बताइन्छ । दुई वर्षयता पुटिन विरोधी अरु पनि नेता र पत्रकार किभमा मारिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com