मारिया नामक आँधीमा परी कम्तिमा चार हजार छ सय जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

पुएर्टो रिकोमा सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा परी कम्तिमा चार हजार छ सय जनाको मृत्यु भएको हुनुसक्ने अमेरिकी अनुसन्धाननकर्ताहरूको एक समूहले मङ्गलबार जनाएको छ ।

यो तथ्याङ्क पुएर्टो रिकोको सरकारी स्रोतले दिएको आँकडाभन्दा करिब ७० गुणा बढी भएको उक्त समूहले जनाएको छ । सरकारले एक वर्ष पहिले आएको आँधीमा जम्मा ६४ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

तर विज्ञहरूले आँधीका कारण हराएका नागरिकको वास्तविक सङ्ख्या गणना गर्न आँधीका कारण वस्तीनै विनास भएका कारण जटिल भएको बताइएको छ ।

सरकारी तथ्याङ्कपछि एक स्वतन्त्र अनुसन्धानले उक्त प्रलयकारी प्राकृतिक विपद्मा झण्डै एक हजार व्यक्तिले ज्यान गुमाएको हुनसक्ने बताएको थियो ।

पछिल्लो अनुसन्धानमा सम्लग्न हावर्ड विश्वविद्यालयका अनुसन्धान अधिकारीले सन् २०१७ को सेप्टेम्बर २० देखि डिसेम्बर ३१ सम्ममा चार हजार ६४५ जनाले ज्यान गुमाएको अनुसन्धानका क्रममा थाहा हुन आएको बताइएको छ । (रासस÷एएफपी)

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com