उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जादै


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ ।

उत्तर कोरियाका ती सैनिक जर्नेल मङ्गलबार चीनको बाटो हुदै त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले जनाएका छन् । उनी यस वर्ष अमेरिका पुग्ने पहिलो सबैभन्दा उच्च अधिकारी रहेका पनि सो समाचारमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने भएको छ ।

उक्त वार्ताको तयारीकै क्रममा ती अधिकारी अमेरिका प्रस्थान गर्नुलाई सकारात्मक रुपमा लिइएको छ । यसले सो वार्ताका लागि तयारी लगायतका अरु पनि कार्यमा सहजता थप्ने अनुमान पनि गरिएको अधिकारीहरुको भनाई छ ।

उता गत आइतबार मात्र पनि केही अमेरिकी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको थियो । उक्त प्रतिनिधिमण्डलमा सहभागीहरुले त्यहाँका उच्च अधिकारीसँग भेटवार्ता र आगामी शिखर वार्ताको तयारीका बारेमा व्यापक परामर्श गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी शुरु भएको दुबैतर्फका अधिकारीहले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतबार नै ट्वीट गर्दै अमेरिकाको एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको र त्यसले आगामी वार्ताको तयारीका आवश्यक कुराकानी गर्नेछ भन्नुभएको थियो ।
त्यस प्रतिनिधिमण्डलले सोमबार र मङ्गलबार पनि उक्त वार्ताको बारेमा निरन्तर रुपमा परामर्श गरेको बताइएको थियो ।

मङ्गलबार अमेरिकाको लागि हिँडेका उत्तर कोरियाका जर्नेल किम योङ चोलले पनि अमेरिकामा उच्च अधिकारीहरुसँग भेटगरी प्रस्तावित दुई देशको वार्ताको बारेमा तयारी गर्नुहुने बताइएको छ ।

उहाँ मङ्गलबार मात्र चीनको राजधानी बेइजिङ्स्थित एक अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको छ । जर्नेल किम मङ्गलबार चीनमै रहनुहुने छ र त्यहाँका सरकारी अधिकारीहरुसँग यस विषयमा छलफल गर्नुहुने छ ।

दक्षिण कोरियाको सरकारी समाचार समिति, योनहापले सो समाचार दिएको छ । उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली जर्नेलले अमेरिका र उत्तर कोरियाकाबीचमा हुन लागेको सो शिखर वार्ताको बारेमा चिनीयाँ अधिकारीहरुसँग परामर्श गर्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com