मौन अवस्था बलात्कारको अनुमती होइन


प्रकाशित मिति : जेष्ठ १४, २०७५ सोमबार

केही युरोपेली देशहरूले सहमति विनाको यौन सम्पर्कलाई बलात्कार मानेका छन् । हालै स्वीडेनमा पारित भएको विधेकमा कुनै पनि व्यक्तिले यौन सम्पर्कको लागि प्रष्ट तरिकाले बोलेर वा शारीरिक रुपमा संकेत गरेर सहमति दिनुपर्ने र मौन अवस्थालाई यौन क्रियाकलाको लागि दिइएको अनुमतिको रुपमा व्याख्या गर्न नपाइने कुरा उल्लेख गरिएको छ ।

स्वीडेनले सन् २०१८ को मे २३ मा उक्त विधेयक पारित गरेको थियो । अभियानकर्ताहरुले नयाँ कानुनलाई महिला अधिकारको क्षेत्रमा स्वीडेन र अरू युरोपेली देशहरुले हासिल गरेको ठूलो जीतको संज्ञा दिएका छन् ।

धेरै जसो युरोपेली देशहरुमा बलात्कारका घटनाहरुसँग पीडकबाट गरिने हिंसा वा दिइने धम्कीहरु सम्मिलित हुन्छन् । यो नयाँ कानून जुलाई एक तारिकदेखि लागू हुनेछ । त्यसपछि पीडकहरु वा उनीहरुका वकिलहरुले बलात्कारका घटनाहरुमा हिंसा वा धम्कीहरू प्रयोग भएको थियो भनेर प्रमाण जुटाउनु पर्ने छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइसल्याण्ड, ईङ्गल्याण्ड, आएरल्याण्ड, स्कटल्याण्ड, नर्दन आएरल्याण्ड, साइप्रस, बेल्जीयम र जर्मनीले सहमतिविनाको यौन सम्पर्कलाई गैर–कानुनी मानिसकेका छन् ।

‘संसदबाट पारित यो विधेयक स्वीडेनका महिला अधिकारकर्मीहरूको लागि ठूलो उपलब्धि हो । यो परिवर्तन हासिल गर्न उनीहरुले एक दशक भन्दा अगाडिदेखि अथकरुपमा अभियान चलाइरहेका थिए’, अन्ना ब्लसले भनिन् । उनी एमनेस्टी ईन्टरनेशनलकी महिला अधिकार विषयकी अनुसन्धानकर्ता हुन् ।

स्वीडेनको बार एसोसिएशनकी महासचिव एन्ने र्यामबर्ग भने नयाँ कानूनप्रति आशावादी छैनन् । उनले सीएनएनलाई बताए अनुसार स्वीडेनको प्रचलित कानूनले यस अघिदेखि नै बलात्कारको परिभाषालाई फराकिलो बनाएको थियो । अपराधिकताको प्रकियामा नयाँ कानून प्रभावकारी हुन नसक्ने संभावना रहेको धारण उनले व्यक्त गरिन् ।

स्वीडेनमा बलात्कारका घटनाहरु बढ्दै गइरहेका छन् । सन् २०१६ को तुलनामा यस्ता घटनाहरु सन् २०१७ मा १० प्रतिशतले वृद्धि भएका थिए । महिला अधिकारकर्मीहरु भने नयाँ कानुनले यस्ता घटनाहरुमा कमी ल्याउने कुरामा आशावादी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com