फेसबुकको नेतृत्व गर्न चाहन्छिन् हिलारी क्लिन्टन


प्रकाशित मिति : जेष्ठ १४, २०७५ सोमबार

अमेरिकी पूर्व विदेशमन्त्री तथा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावकी प्रमुख प्रतिस्पर्धी हिलारी क्लिन्टन अब राजनीति छाडेर व्यवसाय चलाउन चाहन्छिन् । यसका लागि उनी विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालको नेतृत्व सम्हाल्ने बारे सोचिरहेकी छिन् ।

मिडिया रिपोर्टका अनुसार म्यासाचुसेट्सकी डेमोक्याट नेता तथा महान्याधिवत्ता मौरा हिलीले हिलारीलाई कुन कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न चाहेको प्रश्न गर्दा उनले नरोकिकन फेसबुक बताएकी थिइन् ।
हिलारी शुक्रबार हार्वर्डमा थिइन् । त्यो समयमा उनलाई रेडक्लिफ मेडलले सम्मान गरिएको थियो । यो मेडल समाजको लागि महत्वपूर्ण योगदान दिनेलाई दिइन्छ ।

सीएनईटीले हिलारी क्लिन्टनलाई उदृत गर्दै लेखेको छ “फेसबुक संसारको सबैभन्दा ठूलो समाचार माध्यम हो । हाम्रो देशमा धेरै जसो मानिसहरु फेसबुकमा नै समाचार हेर्छन् । तर ती साँचो हुन्छन् की जाली त्यो भने अलग कुरा हो ।”

हिलारी शुक्रबार हार्वर्डमा थिइन् । त्यो समयमा उनलाई रेडक्लिफ मेडलले सम्मान गरिएको थियो । यो मेडल समाजको लागि महत्वपूर्ण योगदान दिनेलाई दिइन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिलारीले नेतृत्व गर्न चाहेको फेसबुक भने केही समयदेखि आफ्नै समस्यामा जुधिरहेको छ । फेसबुकका प्रमुख मार्क जक्करबर्गले यो समाजिक सञ्जालका प्रयोगकर्ताहरुको विश्वास जित्न केही समयदेखि निक्कै मिहेनत गरिरहेका छन् । केही समय अघि फेसबुकका प्रयोगकर्ताहरुको तथ्याङ्क चोरिएको विषय सार्बजनिक भए पछि धेरैमा कम्पनीको विश्वसनीयततामा शंका उत्पन्न गराएको थियो ।

उक्त काण्डमा क्याम्ब्रिज एनालिटिका नामक राजनैतिक कन्सल्टेन्सी सस्थाले ८.७ करोड फेसबुक प्रयोगकर्ताको तथ्याङ्क चोरी गरेको थियो । उक्त तथ्याङ्क राष्ट्रपति चुनावमा प्रयोगकर्तालाई प्रभावित पार्न सकिने खालको विज्ञापन पठाउन प्रयोग गरिएको थियो । उक्त सस्थाले डोनाल्ड ट्रम्पको पक्षमा विज्ञापन पठाएको थियो ।

यस घटनामा फेसबुकमाथि यस चोरीबारेमा पूर्व–जानकारी भएर पनि प्रयोगकर्ताहरुलाई जानकारी नगराएको आरोप छ ।

भावि दिनमा अमेरिकी चुनावमा बाह्य राष्ट्रको हस्तक्षेप अन्त्य गर्नको लागि फेसबुकले एक नयाँ अप्शन थपेको छ । यस अन्तर्गत अमेरिकामा राजनैतिक विज्ञापन दिन चाहने विज्ञापनदाताले त्यसको लागि आफ्नो अवस्थीति र पहिचानको जानकारी दिनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com