यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति


प्रकाशित मिति : जेष्ठ १३, २०७५ आईतबार

अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी डलर दिन सहमत भएको छ । उनीहरुलाई पूर्व चिकित्सक डाक्टर लेरी नसारले यौन दुर्व्यवहार गरेका थिए ।

यो सहमतिलाई ३ सय ३२ नसारद्वारा हिंसामा परेकाहरुकोे प्रतिनिधित्व गर्दै एक क्यालिफोर्निया ल फर्मले घोषणा गरेको थियो । पीडित महिलाहरु उपचारका नाममा दुर्व्यवहारमा परेका हुन् ।

वकिलहरु र विश्वविद्यालयले दिएको बयान अनुसार सो सहमतिमा कुनै गोप्य सम्झौता गरिएको छैन । यस सम्झौताले नसारले काम गर्ने अन्य समूहहरूमाथि भएको दुर्व्यवहारलाई सम्बोधन गर्दैन ।

क्यालिफोर्निया ल फम अफ म्यान्लिको, स्टेवार्ट र फिनाल्डिले भने अनुसार, यसले संयुक्त राज्य अमेरिका जिमनास्टिक्स, यूएस ओलम्पिक कमिटी, अथवा टेक्सास फसिलिटिको मालिकहरु विरुद्ध गरिएको दाबीलाई पनि सम्बोधन गर्दैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वकिलहरुका अनुसार दाबीकर्ताहरुलाई ४ सय २५ मिलियन डलर दिईने र अर्को ७५ मिलियन डलर पछि आउने नासर विरुद्धका सम्भावित अभियोगहरुको क्षतीपूर्तिका लागि छुट्याईने छ । वकिलको भनाईले नसार विरुद्ध आभियोग लागाउनेहरुलाई रकम कसरी प्रदान गर्ने भन्ने कुरालाई स्पष्ट पार्दैन ।

‘यो ऐतिहासिक सम्झौता ३ सय भन्दा अधिक महिलाहरुको बहादुरीले सफल भएको हो । यसका लागि उनीहरु साहसका साथ उठे र मौन बसेनन्’ वकिल जोन म्यानलिले बताए ।

उनले थपे ‘यो उनीहरूको आशा हो जुन यस सम्झौताको विरासतले अमेरिकी खेल जगतमा हुने दुव्र्यवहारलाई निर्मूल पार्न सहयोग गर्दछ ।’
विश्वविद्यालय कार्य समितिका अध्यक्ष ब्रायन ब्रेस्लिनले लिखित वक्तव्य जारी गरी माफी मागेका छन् ।

उक्त वक्तव्यमा भनिएको छ – ‘हामी सबै हिंसा पीडित र तिनीहरूका परिवारजन प्रति क्षमाप्रार्थी छौं र उनीहरुले आफ्ना कथाहरू बताउन लगाएको साहसको हामीे प्रशंसा गर्छौं ।’

संस्थालाई जवाफदेही बनाउने

नसारको यौन दुर्व्यवहारबाट बच्न धेरै महिलाहरू उनले गरेको कुकार्यमा मात्र रिसाएका थिएनन् तर लेरीलाई संस्थाले त्यस्ता कार्य गर्न खुल्ला छोडेकोले पनि रिसाएका थिए् ।

उनले मिचिगन स्टेट यूनिभर्सिटीमा दशौं वर्षका लागि काम गरे । धेरै युवा जिम्नास्टहरूले गरेको गुनासोलाई बेवास्ता गरिएको थियो ।
यो समाधानको उपाय विश्वविद्यालयको समस्या समाधान गर्ने विविध तरिकाहरु रहेछन् भन्ने कुराको महसुस पनि हो । तर आफ्नो कथा

सहित सार्वजनिक हुने रेचल डेनहोल्डर जस्ता केही हिंसा पीडितका लागि निकै लामो प्रक्रिया झेल्नु पर्ने हुन्छ । उनी यो निर्णय प्रति आभारी छिन् तर विश्वविद्यालयमा सुधारको लागि अवसरको कमी भएकोमा निराश थिईन् ।

एक सय ५६ महिलाहरुको पूर्व चिकित्सकको विरुद्ध बयान दिन अगाडी बढेपछि अमेरिका ओलम्पिक टीमको निरीक्षण गर्ने संयुक्त राज्य अमेरिका जिमनास्टिक्सका अध्यक्षका साथै पूरै निर्देशक समितिका सदस्यहरुले पदबाट राजिनामा दिए ।

यस वर्षको सुरुमा, विश्वविद्यालयका अध्यक्ष र एथलेटिक्सका निर्देशकले पनि राजिनामा दिएका छन् । नसारलाई अहिले संघीय जेलमा राखिएको छ र सम्भवतः उनको बाँकी जीवन त्यहि बित्नेछ ।

उनी बाल पोर्नोग्राफीको लागि ६० वर्ष जेल बस्ने भएको हुन् । यदि उनीे रिहा भए भने यौन हिंसाको लागि १ सय ७५ वर्षासम्म काराबासको सजाय हुनसक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com