रुस चीन सम्बन्ध इतिहासकै राम्रो— राष्ट्रपति पुटिन


प्रकाशित मिति : जेष्ठ १२, २०७५ शनिबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राख्नुभएको छ ।

इतिहासमा नै रुस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ, रुस रचीनबीचको सम्बन्ध अहिले बढी महत्वपूर्ण रुपमा लिइएको छ ।

उहाँले चीनसँगको रुसको सम्बन्धलाई कुनै पनि नयाँ परिभाषा दिन आवश्यक छैन भन्नुभएको छ । उहाँले पछिल्लो सयमा रुस चीन सम्बन्ध नयाँ उचाईमा पुगेको धारणा पनि राख्नुभयो ।

शनिबार सेन्ट् पिटस्बर्गमा चिनियाँ समाचार समिति, सिन्ह्वालाई दिनुभएको एक अन्तरवार्तामा उहाँले सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेसपछि रुसको चीनसँगको सम्बन्ध थप सुमधुर भएको धारणा राख्नुभयो । यस काँग्रेसपछि रुस र चीनको आगामी सम्बन्धलाई अझ अगाडि बढाउने वातावरण उक्त काँग्रेसले सिर्जना गरेको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त अन्तरवार्ताका क्रममा उहाँले पछिल्लो समयमा उत्तर कोरियाले शान्तिवार्ताका लागि गरेको अग्रसरताको स्वागत गर्दै यसमा चीनले गरेको सहयोगको पक्षमा आफू पनि रहेको बताउनुभयो ।

उत्तर र दक्षिण कोरियाको वार्ताको वातावरणका लागि चीनले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै यसमा रुसको पनि समर्थन रहेको बताउनुभयो ।

कोरियाको यस वार्ताले कोरियाली प्रायद्धीपमा शान्ति स्थापनाका साथै यस क्षेत्र र विश्वमा नै शान्ति स्थापनामा ठूलो सहयोग पुग्ने राष्ट्रपति पुटिनले बताउनुभयो ।

चीनसँगको व्यापारिक सम्बन्धबाट आपूm पछिल्लो समयमा निकै सन्तुष्ट रहेको उहाँले बताउनुभयो । उहाँले व्यापारिक सम्बन्धले पनि रुस र चीनको सम्बन्धमा थप उचाइ बढाएको बताउनुभयो ।

रुस र चीनको कूटनीतिक र व्यापारिक सम्बन्धमा कुनै पनि समस्या नरहेको धारणा राष्ट्रपति पुटिनले राख्नुभयो । उहाँले पछिल्ला केही वर्षहरुमा व्यापारको मात्रामा पनि बृद्धि भएको बताउनुभयो ।

हाल रुस र चीनबीचको व्यापार ८६ अर्ब अमेरिकी डलर बराबरको रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com