आयरल्याण्ड जनमत संग्रह :६९ प्रतिशत मत गर्भपतनको पक्षमा


प्रकाशित मिति : जेष्ठ १२, २०७५ शनिबार

आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनमाथि भएको जनमत संग्रहपछिको मत सर्वेक्षणहरूले ठूलो संख्यामा मतदाताले कानूनलाई उदार बनाइनुपर्ने पक्षमा मतदान गरेको देखाएका छन्।

द आइरिस टाइम्स र आरटीइले गरेको मत सर्वेक्षणका अनुसार ६९ प्रतिशत मतदाताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका छन्।

आयरल्याण्डका प्रधानमन्त्री लीओ भराडकरले मुलुकले ‘इतिहास रच्न लागेको’ जस्तो देखिएको बताएका छन्।

उनले गर्भपतनसम्बन्धी कानूनमा सुधार ल्याइनुपर्ने पक्षधर अभियानलाई समर्थन गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मतगणना
स्थानीय समय अनुसार बिहान ९ बजेदेखि मतगणना शुरू हुनेछ।

शुक्रवारको जनमत संग्रहमा मतदाताहरूलाई आठौँ संशोधन भनिने संविधानमा भएको प्रावधान हटाउनुपर्छ वा राख्नुपर्छ भन्ने प्रश्न सोधिएको थियो।

संविधानमा भएको व्यवस्थाले गर्भवती महिलालाई जस्तै गर्भमा रहेको बच्चाको पनि अधिकार रहेको उल्लेख गरेको छ।

आरटीइले गरेको मत सर्वेक्षण अनुसार हटाइनुपर्ने पक्षमा ६९ दशमलव ४ प्रतिशतले मतदान गरेका छन् भने ३० दशमलव ६ प्रतिशतले अहिलेको प्रवाधानलाई निरन्तरता दिनुपर्ने पक्षमा मतदान गरेका छन्।

इतिहास
डब्लिनमा ७९ प्रतिशत मतदाताले उक्त संवैधानिक प्रावधान हटाउनुपर्ने पक्षमा मतदान गरेको आरटीइले जनाएको छ।

द आइरिस टाइम्सले सार्वजनिक गरेको जनमत सर्वेक्षणको नतिजा अनुसार हुन्छ भन्ने पक्षमा ६८ प्रतिशतले र हुन्न भन्ने पक्षमा ३२ प्रतिशत मतदाताले मत खसालेका छन्।

शुक्रवार राति ट्वीट गर्दै प्रधानमन्त्री भराडकरले भनेका छन्, “मतदान गर्ने सबैलाई धन्यवाद छ। हामीले भोलि इतिहास रच्न लागेको जस्तो देखिन्छ।”

शुक्रवार मध्यान्हसम्ममा समलिङ्गी विवाहमाथिको जनमत संग्रह र हालैको आमचुनावमा सोही समयसम्म खसेकोभन्दा बढी मत खसेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com