क्यानडास्थित भारतीय रेष्टुरेण्टमा विष्पोट हुँदा १५ जना घाइते


प्रकाशित मिति : जेष्ठ ११, २०७५ शुक्रबार

Police officers stand in front of Bombay Bhel restaurant, where two unidentified men set off a bomb late Thursday night, wounding more than a dozen people, in Mississauga, Ontario, Canada May 25, 2018. REUTERS/Mark Blinch

क्यानडाको टोरन्टो नजिकै रहेको एउटा भारतीय रेष्टुरेण्टमा बिहीबार राति गराइएको विष्पोटका कारण कम्तीमा १५ जना घाइते भएका क्यानाडाको प्रहरीले जनाएको छ ।

टोरन्टोदेखि पश्चिममा रहेको मिसिसाउगा शहरी क्षेत्रमा रहेको रेष्टुरेण्टमा भएको विष्फोटमा परी घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको क्यानडाली अधिकारीले बताएका छन् ।
Paramedics arriving at a restaurant were an bomb explosion took place.

Toronto blast, toronto restaurant Blast, toronto restaurant explosion, Canada blast, Indian restaurant blast in Canada, Indian restaurant blast in toronto, indian express

“दुईजना नकावधारी पुरुष बम्बई भेल रेष्टुरेण्टमा प्रबेश गरी विष्फोटक पदार्थ राखेर भागेका प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ,” पिल क्षेत्रका सर्जेन्ट माट बेट्रामले बताउनुभयो । विष्फोटक पदार्थ राखिएको केही समयमै विष्फोट भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उहाँले सञ्चारकर्मीलाई बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हामीसँग घटना आतङ्कवादी आक्रमण वा वदलाको भावले गरिएको आपराधिक आक्रमण हो भन्ने जानकारी भैसकेको छैन,”बेट्रामलाई उद्धृत गर्दै क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसनले जनाएको छ । घटनाबारे छानविन भइरहेकोले यस विषयमा तत्काल अरू जानकारी दिन नसकिने उहाँले बताउनुभयो ।

आक्रमणकारीले विष्फोटक पदार्थ छोडेर भाग्दा केही नभनेका पाइएकोे बेट्रामले बताउनुभयो । “उनीहरू एकाएक ग्राहकको रूपमा रेष्टुरेण्ट प्रवेश गरी विष्फोटक पदार्थलाई भुँईमा राखी भागेका बताइएको छ,” उहाँले थप्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com