यसकारण शिखरवार्ताबाट पछि हटे ट्रम्प


प्रकाशित मिति : जेष्ठ ११, २०७५ शुक्रबार

एक सातासम्म चलेको वक्तव्यबाजीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो बैठक रद्द गरे ।

एक पत्र जारी गर्दै ट्रम्पले १२ जुनमा सिङ्गापुरमा हुने भनिएको बैठक अब हुने छैन भनेका छन् ।

ट्रम्पले आफ्नो कदमको कारण चाहिँ उत्तर कोरियाली सरकारी न्युज एजेन्सीको बयानमा ‘खुलेआम दुस्मनी र निकै आक्रोश’ देखाउनुलाई मानेका छन् ।

उत्तर कोरियाका मन्त्री चो सोङ हुईले अमेरिकी उप–राष्ट्रपति माइक पेन्सको ट्रम्पको भनाइ भन्नुको सट्टा ‘पोलिटिकल डमी’ अर्थात राजनीतिक कठपुतली भनेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर शिखर सम्मेलन रद्द हुनुको सुरुवात ट्रम्पका राष्ट्रिय सल्लाहकार जान बाल्टनबाट भयो । जसले उत्तर कोरियासँगको वार्ताको अपेक्षालाई रेखाङ्कित गर्नुथियो ।

बाल्टनले निःशर्त परमाणु निःशस्त्रीकरणको लक्ष्य राखेका थिए । उनी सिङ्गापुरमा उत्तर कोरिया आफ्नो सबै परमाणु र रासायनिक हतियार नष्ट गर्नका लागि तयार होस् भन्ने चाहन्थे ।

बाल्टनले सायद कहिल्यै उत्तर कोरियासँग कूटनीतिक प्रक्रियालाई गम्भीरतासँग लिएका थिएनन्् ।

राष्ट्रिय सुरक्षा सल्लाहकारको कुर्सी सम्हाल्नु अगाडि एक नागरिकका रूपमा जान बाल्टनले ट्रम्प किमसँग भेट्ने विषयमा प्रश्न उठाएका थिए ।

बाल्टनले भनेका थिए, छलफलबाट कुनै राम्रो नतिजा निस्कँदैन । बरु अमेरिकाले आफ्नो बहुमूल्य समय खर्च गर्छ ।

उनी अमेरिकाले उत्तर कोरियासँग लिबिया मोडल अपाउनुपर्छ भन्नेमा छन् । लिबियमा २००३ मा भएको निःशस्त्रीकरणको प्रक्रियापछि लिबियाई नेता मुअम्मद्द गद्दाफीले परमाणु कार्यक्रम पूरै रोक्नुपरेको थियो । उत्तर कोरिया लिबियासँगको आफ्नो तुलनासँग डराउने गरेको छ ।

हालैको वक्तव्यमा यसको पनि कुरा उठाएको छ ।

लिबियाको भूत
उत्तर कोरियाका मन्त्री चोले आफ्नो बयानमा लिबियासँग तुलना गरेकोप्रति आक्रोशित भए । उनले भनेका थिए, उत्तर कोरिया एक परमाणु ताकत हो, जोसँग इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल छन्, जसलाई थर्मोन्युक्लियर  हतियारमा फिट गरेर प्रयोग गर्न सकिन्छ । यसको तुलनामा लिबियाले थोरै मात्र उपकरण जम्मा गरेको थियो ।

लिबियाको अनुभवबाट किम जोङ उनले के सिकेका छन् भने अमेरिकाले भनेको निःशस्त्रीकरणको अर्थ एक दिन उनको पनि अन्त्य हुन्छ ।

उत्तर कोरियाले ट्रम्पको टिप्पणीलाई एक धम्कीका रूपमा लियो । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले एक अन्तरवार्तामा ट्रम्पको निर्णयको सर्मथन गरे । यसलाई अमेरिकी नीतिको हिस्साको रूपमा लिइयो, अर्थात यात किमले सिङ्गापुरमा आएर अमेरिकी प्रस्ताव मान्नुपर्छ, नत्र उनले अमेरिकी फौजको कारवाहीको सामना गर्नुपर्छ ।

अमेरिकी प्रशासनले यो विषयलाई लिएर पूरै असफल देखियो, उत्तर कोरिया वार्ताका लागि निकै सतर्क छ । कुरा त्यतिबेला बिग्रन सुरु भयो जब उत्तर कोरियाले अमेरिकीसँग उसको छिमेकी देश दक्षिण कोरियाले गरेको  संयुक्त सैन्य अभ्यासमा असन्तुष्टि जनायो । उत्तर कोरियाको भनाइ के थियो भने यो अभ्यासमा लडाकु विमान पनि प्रयोग गरिएको थियो, जो परमाणु बम लैजान सक्षम थिए, जसलाई उत्तर कोरियाले आफूलाई लामो समयदेखि डर देखाउने र धम्क्याउने रूपमा हेर्दै आएको छ ।

दक्षिण कोरियालाई पनि जानकारी भएन
ट्रम्पको शिखर वार्ता रद्द गर्ने निर्णयको सूचना दक्षिण कोरियालाई पनि थिएन, जो उत्तर कोरिया विरुद्ध सधैँ अमेरिकासँग नजिक रह्यो ।

अर्को उत्तर कोरियाको विदेश मन्त्रालयले यो निर्णयमा कडा प्रतिक्रिया दिएको छ तर के दोहोर्याएको छ भने ऊ अमेरिकासँग कूटनीतिक प्रक्रिया जुनसुकै बेला पनि सुरु गर्न तयार छ ।

आउने दिनमा यो विषयको पूरा सम्भावना छ,  राष्ट्रपति ट्रम्प उत्तर कोरियाको दोहोरो नीति र उसलाई शान्तिको नोबेल पुरस्कार मिल्ने सम्भावनालाई रोक्न लाग्नेछन् ।

के कुरा सही हो भने उत्तर कोरियाले कुराकानी गर्ने आफ्नो वाचाबाट पछाडि हटेको थिएन, त्यतिबेला पनि कि जब किम जोङ उन चीनमा गएर दुई पटक त्यहाँका राष्ट्रपति सी जिन पिङसँग कुराकानी गरेका थिए र त्यसबेला पनि जब २७ अप्रिलमा कोरयाली प्रायद्वीपमा दुई नेताबीच ऐतिहासिक वार्ता भएको थियो ।

राष्ट्रपति ट्रम्पको कुराकानी रद्द गर्ने चिठीबाट के स्पष्ट हुन्छ भने ट्रम्पले किमसँग सधैँका लागि वार्ताको ढोका बन्द गरेका छैनन् । उनले किमलाई ‘महामहिम’का रूपमा सम्बोधन गर्दै लेखेका छन्, ‘मैले सम्पर्क गरेकोमा र चिठी लेखेकोमा कुनै सङ्कोच छैन ।’

नतिजालाई लिएर सन्देह

ट्रम्पको यो प्रस्तावलाई लिएर किम जोङ उन उत्साही हुने छैनन् ।

यद्यपि यसमा के शङ्का छैन भने वार्ताको धेरै फाइदा उत्तर कोरियालाई हुने थियो ।

उत्तर कोरियाले के तय गरेको थियो भने उसलाई ट्रम्पसँग मिल्नुपर्छ, यो वार्ताको नतिजा के निस्कन्छ, यसबारे धेरै अन्दाज थिएन ।

यो वार्ताबाट के हासिल हुन्छ भन्नेमा अमेरिकी प्रशासन पनि अन्योलमै थियो । अहिले वार्ताबाट पछाडि हटेपछि पनि यही प्रश्न उसका लागि ठूलो भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com