अष्ट्रेलियामा ग्राहकको हत्या गरेको आरोप लागेका नेपाली दोषी ठहर


प्रकाशित मिति : जेष्ठ ११, २०७५ शुक्रबार

ग्राहकको हत्या गरेको अभियोग लागेका एक नेपाली सेफलाई अष्ट्रेलियाको एक अदालतले दोषी ठहर गरको छ । अष्ट्रेलियाको भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत ५१ वर्षीय सेफ हरिप्रसाद ढकाललाई अदालतले दोषी ठहर गरेको हो ।

उनी अवैध रुपमा बसोबास गरिरहेको पनि खुलेको छ । ढकाललाई मेलबर्नमा जुन १ देखि जेल सजाय दिइनेछ । उनको सजाय सकिएपछि नेपाल फिर्ता पठाइने छ ।

उनीमाथि पाकिस्तानी मूलका आईटी क्षेत्रका कामदार अब्दुल्लाह सिद्दिकीलाई २०१६ अक्टोबर २५ मा चक्कु प्रहार गरेर हत्या गरेको आरोप लागेको थियो, जसमा उनी दोषी पनि ठहर भएका हुन् ।

ढकालका वकिल अलेक्जान्डरका अनुसार उनले २००० मा नेपाल छाडेका थिए । उनले अष्ट्रेलियामा प्रोटेक्सन भिसाका लागि आवेदन पनि दिएका थिए तर, त्यो अस्वीकृत भयो । २००० र २०१६ को बीचमा ढकाल न्यू साउथ वेल्स, क्विन्सल्याण्ड र भिक्टोरियामा बस्ने गर्थे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अलेक्जान्डरले भने, ‘हत्याको रात ढकाललाई सिद्दिकीले पछाडिबाट आक्रमण गर्न लागेका थिए र ढकालले आत्मरक्षाको लागि चक्कु प्रहार गर्दा उनको मृत्यु भयो ।’

ढकालको क्रियाकलाप पूर्वयोजनाअनुसार नभएको, उनले प्रहरीसँग सहकार्य गरेको, परिणामहरुको सामना गरेको र पछुतो व्यक्त गरेको अलेक्जान्डरले अदालतमा बताए ।

रेष्टुरेन्टमा ग्राहकको हत्या गरेपछि ढकालले रगत लत्पतिएको चक्कुलाई कपडाले बेरेर झोलामा राखी बालारात प्रहरी चौकीमा पुगी आत्मसमर्पण गरेका थिए ।

ढकालले हत्यामा आफ्नो दोष नरहेको बयान दिएका थिए । उनले सिद्दिकीलाई मारेको अस्वीस्कार त गरेनन् तर, उनले आत्मरक्षाको लागि सिद्दिकीमाथि आक्रमण गरेको बताए ।

अभियोजनकर्ताहरुले सिद्दिकीले रक्सी पिउँदै सेफलाई अश्लील गाली गलौज गर्दै अपमान गरेकोे र त्यसको झोँकमा ढकालले हत्या गरेको दावी गरेका थिए ।

अभियोजनकर्ता प्याट बोउर्कले सो घटना दुखद र नीरीह भएको भन्दै भने, ‘ढकालले एक निशस्त्र मानिसलाई आक्रमण गरेर हत्या गरे किनभने उक्त मानिसले अपमान गरेर उनलाई रिस उठाएको थियो । उसले उनलाई रिस उठाए पनि डरलाग्दो आक्रमण गरेको थिएन ।’

ढकालका वकिल अलेक्जान्डरले त्यसको प्रतिवाद गर्दै भने, ‘सिद्दिकीले विवादका क्रममा चक्कुले आक्रमण गर्न लागेपछि ढकाललाई डर लाग्यो । आक्रमण गरे ।’

अन्तत ढकाललाई अदालतले दोषी ठहर गरेको छ । र, जेल भुक्तान गरिसकेपछि नेपाल फर्काइनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com