वैदेशिक रोजगारी: मलेसियाको भिसा रोकिएपछि व्यवसायी ‘मर्कामा’


प्रकाशित मिति : जेष्ठ ११, २०७५ शुक्रबार

मलेसियाको लागि भिसा लिन चाहाने नेपाली कामदारहरूले अझै केही समय कुर्नु पर्ने अधिकारीरूले बताएका छन्।

नेपाली कामदार मलेसिया जाने प्रकृया मलेसियाली दूतावासले बन्द गरिदिएपछि हजारौं कामदारहरुको भिसा प्रक्रिया प्रभावित हुन पुगेको व्यवसायीहरूले बताएका छन्।

कामदारसँग लिने गरिएको अतिरिक्त शुल्क बन्द गर्न पहल थालेको सरकारले भने उक्त प्रक्रिया बन्द नभएसम्म पछि नहट्ने जनाउँदै मलेसिया सरकारसँग कूटनीतिक पहल थालिएको जनाएको छ।

कामदारको एउटा मुख्य गन्तव्य मुलुक मानिएको मलेसियामा मासिक १० हजारको हाराहारीमा नेपाली कामदार जाने गरेको बताइन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल स्थित मलेसियाको दूतावासले कामदार पठाउदा गर्नुपर्ने सुरक्षा दिने प्रक्रिया अर्थात ‘इमिग्रेसन सेक्युरेटी क्लियरेन्स’ एक हप्ताको लागि बन्द गरेको छ र त्यसपछि पनि रोक्न सक्ने संकेत गरेको छ।

प्रभाव

यसले गर्दा मासिक १० हजारको हाराहारीमा उक्त मूलुक जाने कामदारहरू प्रभावित हुने बताइएको छ।

मलेसियाको दूतावासको निर्णयले पार्ने अप्ठेरो कै कारण पछि नहट्ने सरकारको भनाइ छ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश दाहालले मलेसिया सरकारसँग समस्या समाधानका लागि कूटनीतिक पहल भइसकेको बताए।

उनले भने, ” कूटनीतिक पहलबाट हल गर्ने काम भइरहेको छ। त्यहाँ रहेको मिसन र श्रम सहचारीहरूको उपयोग गरिरहेका छौं। हाम्रो प्रयास चाँडै गर्ने भन्ने हो र हामी त्यसका लागि सचेत छौँ। यद्यपि रातारात यो काम सकिन सम्भव नहुने हुनाले त्यति बेलासम्म मलेसिया जाने कामदारहरूले धैर्यता लिन जरुरी छ। ”

भिसा प्रक्रिया रोकिँदा कामदारहरूसँगै मलेसियामा कामदार पठाउने ५ सय भन्दा बढी वैदेशिक रोजगार व्यवसायीहरू प्रभावित हुने नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघले जनाएको छ।

समर्थन

क्वालालम्पुर

 

यद्यपी कामदारको हकका लागि भइरहेको सरकारको पहलकदमीलाई समर्थन गर्ने महासंघका अध्यक्ष रोहन गुरुङ बताउँछन्।

उनको भनाइ छ, “व्यवसाय गरिरहेको देशको काम बन्द हुँदा वा लामो समय स्थगित हुँदा व्यवसायमा असर त पर्छ नै। तर पनि नेपाली श्रमिकहरूलाई अनावश्यक जुन आर्थिक भार परिरहेको छ त्यसको समाधानका निम्ति जे जस्तो परिणाम आएपनि सहर्ष स्विकार्नेर्छौँ।”

मलेसिया नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुकहरूमध्येको एक हो।

श्रममन्त्री गोकर्ण विष्टले भिसा प्रक्रिया नाममा भइरहेको ‘सिन्डिकेट’ हटाउने अभियान थालेसFगै अतिरिक्त शुल्क उठाउने गरेका झन्डै ३ दर्जन निजी संस्थाका सञ्चालकहरूलाई पक्राउ परेका थिए।

लामो समयसम्म पनि सहमति नभए त्यसले मलेसियाको रोजगार गन्तव्य र रेमिट्यान्स (विप्रेषण) प्रवाहमा असर पर्न सक्ने चिन्ताहरू व्यक्त भइरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com