अमेरिकी विदेशमन्त्रीको कडा आलोचना,विश्वसनीयतामाथि प्रश्न !


प्रकाशित मिति : जेष्ठ ८, २०७५ मंगलबार

इरानले तेहरानविरूद्ध वाशिङटनले ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने भन्ने अमेरिकी विदेशमन्त्रीको भनाइको निन्दा गरेको छ।

राष्ट्रपति हसन रूहानीले इरान र विश्वका लागि निर्णय गर्ने अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।

इरानी विदेशमन्त्री जवाद जारिफले भनेका छन्, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अघि सारेका कदमहरूले अमेरिका ‘असफल नीतिहरू’को बन्दी भएको देखाउँछ र उसले नराम्रो परिणाम भोग्नुपर्छ।

युरोपेली संघ-इयुको विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले पनि अमेरिकाको आलोचना गरेकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विफल
उनले भनेकी छन्, इरानसँगको सन् २०१५ को पारमाणविक सम्झौताबाट बाहिरिँदा मध्यपूर्व कसरी सुरक्षित हुन सक्छ भन्ने कुराको पुष्टि गर्न पोम्पेओ विफल भएका छन्।

यसै महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बाहिरिने घोषणा गरेको सम्झौताको ‘कुनै विकल्प नभएको’ मोगेरिनीले बताइन्।

उनले इरान आफ्ना प्रतिबद्धताहरूप्रति कटिबद्ध रहे इयु उक्त सम्झौताप्रति प्रतिबद्ध रहने उल्लेख गरिन्।

इयुको ‍औपचारिक धारणाका बावजुद पारमाणविक सम्झौतापछि इरानसँग व्यापार गर्न हतारिएका केही ठूला युरोपेली कम्पनीहरू त्यही लगानी गर्न अथवा अमेरिकासँग व्यापार गर्नमध्ये एउटा रोज्नुपर्ने अवस्थामा पुगेका छन्।

दबाब
अमेरिकी विदेशमन्त्री पोम्पेओले भनेका छन्, पारमाणविक सम्झौतापछि अमेरिकाले फुकुवा गरेको प्रतिबन्धहरू पुनः लगाइनेछ र नयाँ कदम अन्तर्गत इरानी ‘सत्तामाथि अभूतपूर्व आर्थिक दबाब’ दिइनेछ।

पोम्पेओले नयाँ सम्झौताका लागि इरानले सिरियाबाट आफ्ना फौज फिर्ता बोलाउनुपर्ने र यमनमा विद्रोहीहरूलाई समर्थन बन्द गर्नुपर्ने शर्त अघि सारेका छन्।

यसअघिका अमेरिकी प्रतिबन्धहरूले इरानसँगको सबै व्यापारमा रोक लगाएका थिए।

वाशिङटनले के कस्ता नयाँ कदम चाल्न लागेको भन्नेबारे चाहिँ पोम्पेओले स्पष्ट पारेनन्।

तर इरानको केन्द्रीय ब्याङ्कमाथि अमेरिकाले गत हप्ता लगाएको प्रतिबन्ध ‘शुरूवात मात्रै’ भएको बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com