विश्वकप २०१८: फ्रान्सको टिम घोषणा, को-को परे ?


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

आगामी जुन १४ तारिखदेखि सुरु हुने फिफा वल्र्डकप २०१८ का लागि फ्रान्सले आफ्नो टिम घोषण गरेको छ । फ्रान्स विश्वकपका लागि अस्ट्रेलिया, पेरु र डेनमार्कसहित समूह सी मा रहेको छ ।

विश्वकप उपाधीको दाबेदार मानिएको फ्रान्सको २३ सदस्यीय टिममा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सल र आर्सनलका एलेक्सान्ड्र लाकाजेटी परेका छैनन् । यस्तै चोटग्रस्त रहेका मार्सेइलीका मिडफिल्डर दिमित्री पेयट पनि टिममा परेका छैनन् ।

तर एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान र म्यानचेस्टर युनाइटेडका पउल पोग्बाले टिमलाई बलियो देखाएका छन् ।

दुई वर्षअघि भएको युरोकपमा फाइनलमा पोर्चुगलसँग पराजित भएको फ्रान्सका लागि यो विश्वकप त्यहाँ लिन नसकेको तर त्यो भन्दा ठूलो सफलता लिने मौका बन्न सक्छ ।

फ्रान्सको टिममा को को परे ?

गोलरक्षक – ह्युगो लोरिस, स्टिभ म्यानडान्डा, एल्फोन्से एरिओला

डिफेन्डर – लुकास हर्नान्डेज, परिस्नल किमपेम्बे, बेन्जामिन मेन्डी, बेन्जामिन पावार्ड, अदिल रामी, डिजिब्रिल सिडिबे, सामुएल उमटिटि, राफाएल भारेना

मिडफिल्डर – एन गोलो कान्टे, ब्लाइसी माटुइडी, स्टिभन एन जोन्जी, पउल पोग्बा, बारिन्टिन तोलिसो

फरवार्डस् – उसमान डेम्बेले, नबिल फकिर, ओलिभर जिरउड, एन्टोनी ग्रिजम्यान, थोमस लेमार, केलियन एमबाप्पे, फ्लोरिएक थाउविन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com