सीआइए निर्देशकमा जीना ह्यास्पेल: सीआइए हाँक्ने पहिलो महिला


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

अमेरिकी गुप्तर संस्था सीआइएमा महिलालाई पहिलोपल्ट निर्देशकको रुपमा नियुक्त गरिएको छ ।

सीआईए निर्देशकका रूपमा जिना ह्यास्पेललाई नियुक्त गर्न राष्ट्रपति ट्रम्पले गरेको सिफारीस अमेरिकी सिनेटले अनुमोदन गरेको हो ।

सन् २००१ सेप्टेम्बरमा अमेरिकामा भएका आतंकवादी हमलापछि गुप्तचर निकायले चलाएको विवादास्पद केरकार तथा सोधपूछ कार्यक्रममा उनको पनि भूमिका रहेको थियो।

राष्ट्रपति बुसको कार्यकालमा सीआइएले अपनाएको पट्टी बाँधेर पानीमा डुबाउने सहितका यातना दिने कतिपय शैलीलाई लिएर सांसदहरूबीच दलीय आधारमा विभाजन देखिएपनि जिना ह्यास्पेलका पक्षमा ५४ र विपक्षमा ४५ मत परेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीआइएकी वरिष्ठ कर्मचारी ह्यास्पेलले सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि थाइल्याण्डमा रहेको एउटा भूमिगत अखडा हेर्ने जिम्मेवारी पाएकी थिइन्।उनी अघिका सीआइए प्रमुख माइक पोम्पेओले विदेशमन्त्री बन्न पद छाडेका थिए।

भियतनामको जेलमा पाँच वर्षभन्दा बढी अवधि बिताएका रिपब्लिकन सिनेटर जोन मक्केनले यसअघि राष्ट्रपतिको मनोनयन प्रति आफ्नो विरोध रहेको बताएका थिए।

बिहीवार ६ जना डिमोक्रयाट सांसदहरूले पार्टीको नीति विपरित उनको पक्षमा मतदान गरे।

त्यसमध्येका एक भर्जिनियाका सिनेटर मार्क वार्नरले ह्यास्पेलले सिआइएले त्यस्तो खालको केरकार कार्यक्रम सञ्चालन नगरेको भए उपयुक्त हुने धारणा आफूसँग राखेको बताए। उनका अनुसार राष्ट्रपतिले आदेश दिएपनि भावी दिनमा आफूले त्यस्तो यातनाका शैलीहरू नअपनाउने बताइन्।

दूई जना रिपब्लिकनले उनको विपक्षमा मत हालेकाले डिमोक्र्याटहरूको समर्थनविना उनको मनोनयन स्वीकृत हुनसक्ने अवस्था थिएन। सिआइएमा ३३ वर्ष काम गरेकी ह्यास्पेलले अधिकांश समय भूमिगत गुप्तचरको भूमिका निर्वाह गरेकी थिइन्। सन् २००२ मा उनलाई सिआइले थाइल्याण्डस्थित ुब्ल्याक साइटु भनिने कडा केरकारका गोप्य कार्यक्रम चलाइने स्थान सम्हाल्न पठाएको थियो। अमेरिकी सिनेटले तयार पारेको एउटा प्रतिवेदनमा त्यहाँ कठोर यातनाहरू दिइएको निष्कर्ष निकालेको छ।

एक जना अब्दल रहिम अल नासिरि नामक संदिग्धलाई क्रुर शैलीमा यातना दिइएको थियो जुन शैलीका यातनालाई राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालमा प्रतिबन्धित गरेका थिए।ह्यास्पेलले जिम्मेवारी सम्हालिसकेपछि केरकार गरिएका अल नासिरीलाई निदाउनबाट वञ्चित गर्ने, नाङ्गै राख्ने, कडा तापक्रममा बस्न विवश पार्ने, सानो बाकसमा थुन्ने र पटक पटक पर्खालमा ठोक्काउने गरिएको थियो।

तीन वर्षपछि ह्यास्पेलले उनी र अर्का एक संदिग्धलाई यातना दिइएका दृश्य समावेश ९२ वटा भिडियो नष्ट गर्न आदेश दिएकी थिइन्। सन् २०१४ मा अमेरिकी सिनेटले तयार पारेको एउटा प्रतिवेदनका अनुसार वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा भएका आक्रमणपछि ११९ जना पुरूषलाई यातना दिइएको थियो।

अधिकारवादी संघ संस्थाहरूले ह्यास्पेलले थाइल्याण्डपछि पनि यातना सम्बन्धी कार्यक्रममै थप जिम्मेवारी पाएको बताउने गरेका छन् तर त्यसपछि उनको भूमिका स्पष्ट छैन् किनभने सिआइएले उनकाबारेका जानकारीलाई गोप्य राखेको छ।

राष्ट्रपति ट्रम्पले विगतमा अमेरिकाले आतंकवादी गतिविधिका संदिग्धहरूलाई पानीमा डुबाएर यातना दिने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com