भ्यागुते रोगबाट ९१ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख ३०, २०७५ आईतबार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्यागुते रोगका कारण यमनमा ९१ जनाको मृत्यु भएको विवरण शनिबार सार्वजनिक गरेको छ ।

गत अक्टोबरदेखि फैलिएको यस रोगको प्रकोपबाट उनीहरुको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

मुलुकका २३ ओटा प्रान्तमध्ये २० प्रान्तमा भ्यागुते रोगको प्रकोप फैलिएको छ । प्रकोपमा परी एक हजार ७२५ जना बिरामी भएका छन् ।

भ्यागुते रोग ब्याक्टेरियाको कारणले लाग्छ । प्रभावित व्यक्तिलाई ज्वरो आउने, घाँटीमा खैरो रङको झिल्लीका पाटा टासिने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखापर्छ । यमनमा यो रोग विषेश गरेर बालबालिकामा देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त राष्ट्रसंघको सहयोगमा यमनमा बालबालिकामा देखिएको भ्यागुते रोगको विरुद्धमा राष्ट्रिय अभियान पनि चलाइएको थियो ।

भ्यागुते रोग विरुद्ध लड्न गत मार्चमा डब्लु एच ओ, युनिसेफ र यमनको स्वास्थ्य अधिकारीले संयुक्तरुपमा देशव्यापी बृहत अभियानको सुरुवात गरेका हुन् ।(रासस÷सिन्ह्वा)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com