अमेरिकी कूटनीतिज्ञलाई पाकिस्तान छाड्न रोक


प्रकाशित मिति : बैशाख ३०, २०७५ आईतबार

Pakistani protesters stage a rally demanding a trial for American diplomat involved in a vehicle crash that killed a person, in Islamabad, Pakistan, Tuesday, April 10, 2018. Police have requested the government impose a travel ban on an American diplomat involved in a vehicle crash over the weekend that killed one Pakistani man and injured another in the capital Islamabad. Banner reads ” give justice to the family of Ateeq Baig, arrest Col. Joseph”. (AP Photo/B.K. Bangash)

पाकिस्तान सरकारले एक मोटरसाइकल यात्रीलाई गत महिना सवारी दुर्घटनामा मारेको आरोपमा एकजना अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न रोक लगाएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सरकारले आफ्ना सैनिक सहचारी कर्णेल जोसेफ एमानुएल हललाई लिन शनिवार विमान पठाएको थियो। तर पाकिस्तानले उनलाई जान दिएन।

यसअघि अमेरिकी अधिकारीहरूले कूटनीतिक छुट पाउने भन्दै पक्राउ गर्न वा कर्णेल हलमाथि मुद्दा चलाउन नमिल्ने तर्क गरेका थिए।

उक्त घटनाले दुई देशबीच राजनीतिक तनाव बढाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेवास्ता
इस्लामाबाददेखि उत्तरमा पर्ने दामन-ए-कोहमा गत एप्रिल ७ मा २२ वर्षीय आतीक बेगको दुर्घटनामा मृत्यु भएको थियो।

सीसीटीभी फूटेजमा कर्णेल हलले चलाएको भनिएको तीव्र गतिमा रहेको सेतो रंगको गाडीले रातो ट्राफिक बत्तीको बेवास्ता गर्दै ठक्कर दिएको र त्यसपछि गति कम गरेको देखिन्छ।

कर्णेल हलले रक्सी खाएर गाडी चलाएको भन्ने पाकिस्तानी सञ्चारमाध्यमहरूको दावीलाई अमेरिकी दूतावासले अस्वीकार गरेको छ।

मृतकका बुवाले कर्णेल हलमाथि इस्लामाबाद उच्च अदालतमा मुद्दा चलाइनुपर्ने माग गरेका छन्।

छुट
शुक्रवार उक्त अदालतले कर्णेल हलले पूर्ण रूपमा छुट पाउन नसक्ने बताएको थियो।

उनलाई यात्राका लागि ‘कालोसूची’मा राखिसकिएको छ, जसको अर्थ हो विमानस्थलहरूले उनलाई देश छाड्न दिने छैनन्।

शनिवार प्रकाशमा आएको विवरणबारे दुवै देशका अधिकारीहरूले औपचारिक रूपमा कुनै प्रतिक्रिया जनाएका छैनन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ वर्षका अवसरमा गरेको एउटा ट्वीटमा पाकिस्तान ‘झुटो र बेइमान’ भएको आरोप लगाएपछि वाशिङटन र इस्लामाबादबीचको सम्बन्ध चर्चामा रहिआएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com