पाकिस्तानद्वारा अमेरिकी कुटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

अमेरिकी कुटनीतिज्ञलाई पाकिस्तान भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।

अमेरिकाले पनि पाकिस्तानमाथि यसै प्रकारको प्रतिबन्धको घोषणा गरिसकेको छ ।

पाकिस्तान र अमेरिकाबीच एक अर्काका कुटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध लगाउने अवस्थाको शुरूवात पाकिस्तानका लागि अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हलद्वारा चलाएको एउटा गाडीले इश्लामावादमा पाकिस्तानी मोटरसाइकल चालकलाई ठक्कर दिइएपछि गत अप्रिल ७ मा भएको मृत्युका कारण भएको हो । हल अमेरिकी राजदूतावासका रक्षा तथा वायुसेनासँग आवद्धता रहेका अधिकारी हुनुहुन्छ ।

पाकिस्तानले बिहीबार आफ्ना अमेरिकामा रहेका कुटनीतिज्ञमाथि यही मे ११ देखि लागु हुनेगरी यात्रा गर्न प्रतिबन्ध लगाइएको पुष्टि गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले पहिले मे १ बाट लागु हुनेगरी पाकिस्तानमाथि प्रतिबन्ध लगाउने योजना ल्याउन लागेकोमा यसलाई १० दिन पछि सारेको थियो ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसललाई के कुटनीतिज्ञमाथि यात्रामा लगाइएको प्रतिबन्ध शनिबारदेखि नै लागु हुनेछन् भनी गरिएको प्रश्नमा भन्नुभयो, “यात्रमा प्रतिबन्ध मे ११ देखि नै लागु गरिने छ । तर यस बिषयको समाधानका लागि दुबै पक्षबीच वार्ता भइरहेका छन् ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इश्लामावादमाथि गत जनवरीमा आतङ्कवाद नियन्त्रण गर्ने प्रतिवद्धता विपरीत आतङ्कवाद नियन्त्रणमा आवश्यक सहयोग नगरेको बताउनुभएको थियो । पछि वासिङ्टनबाट पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहयोग रोक्का भएको थियो । (रासस÷सिन्ह्वा)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com