ट्रम्प मुन फोनवार्ता


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग फोन वार्ता गर्नुभएको छ ।

उत्तर कोरियाली नेता किमसँग हालै भएको शान्ति सम्झौताका साथै आगामी दिनमा अमेरिका र उत्तर कोरिया भेटावार्ताका बारेमा फोनमा कुराकानी भएको जानकारी दिइएको छ ।

राष्ट्रपति ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर सन्देशमा भनिएको छ, दक्षिण कोरियाली नेता मुनसँग मेरो लामो कुराकानी भएको छ । सबैकुरा राम्रोसँग अघि बढेका छन् ।

उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्ने काम भइरहेको बताइएको छ । आसन्न वार्ताको बिषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि राष्ट्रपति ट्रम्पले केही समयअघि कुराकानी गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुनले दुई कोरियाबीच गत अप्रिल २७ मा भएको ऐतिहासिक शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमसँग भएको कुराकानी र स्थायी तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्णनिशस्त्रीकरण गर्नेसम्बन्धी बिषयमा भएको सहमतिको बारे जानकारी दिनुभएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पनि आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको छ । यस शिखर वार्ताको तयारी दुवै देशले गरेका बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com