अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा


प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अकस्मात उत्तर कोरिया पुग्नुभएको समाचार छ । अमेरिकी विदेशमन्त्रीका रुपमा भएको उत्तर कोरियाको यो एक दुर्लभ भ्रमण हो ।

उहाँ बुधबार उत्तर कोरिया पुग्नुभएको बताइएको छ । उहाँ उत्तर कोरियाली राजधानी प्योङयाङ अवतरण गर्दा विशेष सुरक्षा व्यवस्था मिलाइएको बताइन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको बेला विदेशमन्त्री पेम्पेओ उत्तर कोरिया पुग्नुभएको हो ।

यस भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ । उहाँले यी दुई देशका उच्च नेताबीच हुन लागेको आसन्न वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँ अघोषित भ्रमणका लागि त्यहाँ जानुभएको हो । यसबाट अमेरिका र कोरियाबीच हुने भनिएको आसन्न उच्चस्तीय वार्ताको सफलताका लागि सहयोग मिल्ने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।

उन सि दोस्रो पटक भेटवार्ता

उता उत्तर कोरियाली नेता किम जोङ उन चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ताका लागि हालै चीन पुगेको पनि अर्काे एक समाचारमा जनाइएको छ । उक्त कुराको चीनले पुष्टि पनि गरेको छ ।

उत्तर कोरियाली नेता उनले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि आगामी केही हप्तामा भेटवार्ता गर्नुहुने भएको छ ।

उक्त भेटवार्ता तय गरिएकोले सो उच्चस्तरीय बैठक हुनु पूर्व नेता उन र सीबीच सो भेट भएको हुनसक्ने अनुमान गरिएको छ ।

उहाँ दुई महिना अघि मात्र पनि चीन जानुभएको थियो । यो भेटवार्ता दुई महिनायताको दोस्रो भेट हो ।

उत्तर कोरियाली नेता उन र चिनियाँ राष्ट्रपति सीले चीनको एक उत्तरी सहर डालियानमा भेटवार्ता गरेको पछि आएर खुलेको छ । त्यस भेटवार्ता गएको सोमबार र मङ्गलबार भएको थियो ।

यसअघिको भेटपछि नै उत्तर कोरियाली नेता उन परमाणु निशस्त्रीकरणका लागि प्रतिबद्ध रहेको आफूले पाएको चीनले बताउदै आएको थियो ।

उता हालैमात्र नेता उनले अमेरिकाको उक्साहटपूर्ण कदमले शान्ति जोखिममा पर्नसक्ने भनी आरोप पनि लगाउनुभएको छ । तर पनि यस भनाइले उत्तर कोरिया र अमेरिकाको उच्चस्तरीय बैठकलाई भने कुनै असर परेको छैन ।

गत अप्रिल २७ मा भएको ऐतिहासिक वार्तापछि दुई कोरियाबीचको परमाणुसम्बन्धी सकारात्मक प्रगति भएको बताइएको छ । (रासस÷एएफपी)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com