किम जोङ उन किन पुगे चीन ?


प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार

जापान र दक्षिण कोरियाका सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम जोङ उन फेरि चीन आएको हुन सक्ने बताएका छन्।

चीनको उत्तरपूर्वी सहर डालियनमा सोमबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ। सडकमा थुप्रै सुरक्षाकर्मी परिचालन गरिएको छ।
गत मार्चमा रेल ल्याएर बेइजिङ आएका किम यसपालि जहाजमा डालियन आएको हुन सक्ने जापानको सरकारी टेलिभिजन एनएचकेले जनाएको छ। उसले मंगलबार दिउँसो उत्तर कोरियाको एयर कोर्योका दुईवटा जहाज डालियन विमानस्थलमा देखिएको उल्लेख गरेको छ।
उत्तर कोरिया र डालियनबीच व्यवसायिक उडान छैन।

दक्षिण कोरियाली समाचार संस्था यान्होपले उत्तर कोरियाली स्रोतलाई उद्धृत गर्दै सोमबार उत्तर कोरियाका उच्च नेता चीन आएको र चिनियाँ अधिकारीसँग भेटेको जनाएको छ। यान्होपले किम दोस्रो पटक चीन आएको हुनसक्ने उल्लेख गरेको छ।

दक्षिण कोरियाली टेलिभिजन केबिएसका अनुसार आफूले बनाएको एयरक्राफ्ट क्यारियर (विमानबहाक पानीजहाज) को परीक्षणका लागि चीनले उत्तर कोरियाली नेतालाई बोलाएको हुन सक्छ। त्यहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङ र किमबीच भेट हुने सम्भावना छ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले विकसित घटनाक्रमलाई ध्यानपूर्वक नियालिरहेको बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि गत मार्चमा किम हरियो रङको रेलमा चढेर बेइजिङ आएका थिए। उनको भ्रमणलाई दुबै देशले गोप्य राखेका थिए।

गत वैशाख १४ गते किम दक्षिण कोरियाको सीमावर्ती क्षेत्र पुगेका थिए। राष्ट्रपति मुन जाय इनसँग उनले शिखर वार्ता गरेका थिए। उनीहरूबीच कोरियाली युद्दको अन्त्यलगायत विषयमा सहमति भएको थियो।

अघिल्लो साता चिनियाँ विदेश मन्त्री वाङ यीले प्योङयाङ भ्रमण गरेका थिए। किमले निकट भविष्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पसँग भेटवार्ता गर्ने तयारी भइरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com