उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण स्थगित र कार्यान्वयन


प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार

उत्तर कोरियाले सबै क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने घोषणा कार्यान्वयन गरेको जनाएको छ । उसले तत्काल लागू हुने गरी एउटा पारमाणविक परीक्षण केन्द्र पनि बन्द गराएको थियो ।
कोरियाली नेता किम जोङ उनले घोषण गरेबमोजिम नै यही अप्रिल २१ बाट उत्तर कोरियाले पारमाणविक र अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको कार्य बन्द गरेको थियो ।

उत्तर कोरियाको सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले उक्त निर्णय गरेपछि नै यसको कार्यान्वयन भएको छ र यस कार्यक्रमको उद्देश्य शान्ति तथा आर्थिक वृद्धि हासिल गर्ने रहेको छ ।
उत्तर कोरियाली नेता किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मुन जाय इनसँग भएको उच्चस्तरीय बैठक र उहाँहरुबीच भएको सम्झौतामा नै यस्तो कार्यक्रम बन्द गर्ने बताउनुभएको थियो ।
सोही बमोजिम नै उक्त कार्यक्रम बन्द गराएको र यसको कार्यान्वयन पनि सफल रुपमा नै भइरहेको उक्त समाचार समितिद्वारा प्रेषित समाचारमा जनाइएको छ ।
उता उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि केही हप्ताभित्रै महत्वपूर्ण शिखर बैठक गर्ने अपेक्षा गरिएको छ । त्यसको तयारीमा उत्तर कोरियाल लागिरहेको जनाएको छ ।
यदि उहाँहरुबीच भेटवार्ता भयो भने बहालवाला अमेरिकी राष्ट्रपति र कोरियाली नेताबीचको यो नै पहिलो र ऐतिहासिक बैठक हुने विश्वका सञ्चारमाध्यमहरुले जनाएका छन् । (रासस÷एएफपी)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com