ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गर्नुभएको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरसमा भएको बन्दुक हमला हुन सक्दैनथ्यो भनी टिप्पणी गर्नुभएको थियो ।

उहाँले यदि फ्रान्सेली नागरिकसँग पनि बन्दुक राख्न पाउने अधिकार भइदिएको भए पेरिसमा भएको आतंककारी हमलाबाट त्यतिधेरै क्षति नहुने आशयको भनाई राख्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पको यो भनाइप्रति फ्रान्सले विरोध जनाएको प्राप्त समाचारमा जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले राख्नुभएको उक्त धारणा फ्रान्सेली शान्तिप्रेमी जनताको पक्षमा नदेखिएको फ्रान्सको विदेश मन्त्रालयले जनाएको हो । राष्ट्रपति ट्रम्पको यो धारणाप्रति उक्त मन्त्रालयले आपत्ति पनि जनाएको समाचारमा जनाइएको छ ।

उहाँको उक्त दावीको खण्डन गर्दै उक्त मन्त्रालयले पीडितहरूको सम्झनाको सम्मान गर्न पनि भनेको छ । शुक्रवार टेक्ससमा आयोजना गरिएको राइफल एशोसियसनको सभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले सो धारणा राख्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले पेरिसको सांगीतिक कार्यक्रम हलमा कामगर्ने कुनै कर्मचारीसँग त्यो राति बन्दुक भइदिएको भए बन्दुकधारीहरू भाग्थे या मारिन पनि सक्थे भनेर उहाँले सो सभामा आफ्नो धारणा राख्नुभएको थियो ।

उक्त सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले पेरिसका हमलाकारीहरुले एक एक जनालाई छानेर गोली हानेको र पीडितहरु कसैले पनि आफ्नो अवस्थाको सुरक्षागर्न असमर्थ रहेको बताउनुभएको थियो ।

उहाँले गरेको बन्दुकप्रतिको यो टिप्पणीले यहाँका नागरिकलाई न्याय नगरेको विदेश मन्त्रालयलको भनाई छ । त्यसो त उहाँले गर्ने गरेका बन्दुकसम्बन्धी टिप्पणीको अमेरिकाभित्रै पनि बिरोध हुने गरेको छ ।

अमेरिकामा पनि समय समयमा बन्दुक नियन्त्रणका लागि तथा बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न मागगर्दै जुलुश निकाल्ने गरिएको छ ।

नागरिकसँग बन्दुक नरहेको मौका छोपेर आतंककारीहरुको एउटा सानो समूहले नै पेरिसका ठूलो संख्याका सर्वसाधारणको हत्या गरेको उहाँले बताउनुभएको थियो ।

उक्त सभामा उहाँले भन्नुभयो– तपाईहरुले पनि ख्याल गर्नुभयो होला नि निकै थोरैको संख्यामा रहेका आतंकारीहरुको समूहले पेरिसमा १३० जनाको हत्या गरेका छन्, उनीहरुले समय लिएरै र निहत्था नागरिकलाई नियन्त्रणमा लिएर हत्या गरेका थिए ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो– म यो कुरामा निश्चित छु कि पेरसका नागरिकसँग पनि बन्दुक भइदिएको भए यति धेरै संख्यामा त्यहाँ नागरिकको ज्यान जाने नै थिएन । (रासस÷एएफपी)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com