१६ वर्षीया किशोरीलाई जिउँदै जलाइयो


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

भारतको झारखण्ड राज्यमा एक १६ वर्षीया किशोरीलाई बलात्कार गरिएको गुनासो उनका बाबुआमाले गाउँका अग्रजहरूसमक्ष गरेपछि ती किशोरीलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न ठानिएका १४ जनालाई पूर्वी राज्य झारखण्डमा पक्राउ गरिएको छ।

प्रहरीका अनुसार गाउँलेहरूले बलात्कारको अभियोग लागेकालाई सजायस्वरूप ५० हजार रूपैयाँ तिर्न र १ सय पटक उठबस गर्न भनेका थिए।

तर आरोपितहरू निकै क्रुद्ध बने र ती किशोरीका बाबुआमालाई पिटे र उनलाई आगोमा राखे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सहयोग
स्थानीय प्रहरी चौकीका अधिकारी अशोक रामले समाचार संस्था एएफपीलाई भने, “आरोपित दुई व्यक्तिले आमाबुवालाई पिटे र उनीहरूको घरमा गएर ती किशोरीलाई साथीहरूको सहयोगमा जलाए।”

ती किशोरीलाई उनका आमाबुवा विवाहमा गएका बेला घरबाट अपहरण गरिएको थियो।

स्थानीय प्रहरीले उनलाई दुईजना पुरूषले राजा केन्दुवा गाउँ नजिकैको जंगल क्षेत्रमा लगेर बलात्कार गरेको बताएका छन्।

 

घटनाबारे खोज्दै जाँदा आमाबुवाले गाउँका अग्रजहरूलाई अपराध गरेको ठानिएकाहरूविरुद्ध अभियोग चलाउन भनेका थिए।

गाउँका अग्रजहरूको समूहले कानूनी हैसियत राख्दैन।

विवाद
यद्यपि, भारतको विकट क्षेत्रमा उनीहरूको प्रभाव महत्त्वपूर्ण हुन्छ र भारतको महँगो न्यायिक प्रक्रियामा जानुभन्दा विवाद मिलाउने एउटा माध्यम पनि हो।

उक्त राज्यको प्रहरीले बलात्कारपछि हत्या घटनामा आफूले अनुसन्धान गरिरहेका १८ व्यक्तिमध्ये १४ जनालाई पक्राउ गरिसकेको जनाएको छ।

बलात्कार गर्ने दुईमध्ये एकलाई अझै पक्राउ गर्न बाँकी रहेको बोकरोका प्रहरी निरीक्षक शम्भु ठाकुरले हिन्दुस्तान टाइम्सलाई बताएका छन्।

भारतमा यौन हिंसासम्बन्धी अपराधहरूको शृङ्खलामध्ये यो पछिल्लो घटना हो।

सन् २०१६ मा मात्रै भारतमा ४० हजार बलात्कारका घटनाहरू प्रहरीसम्म पुगेका छन्।

यद्यपि बलत्कार र यौन हिंसाका विषय सामाजिक कलंकसँग जोडिएका कारण थुप्रै मुद्दाहरू रेकर्डमै नआएको ठानिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com