फ्रान्सद्वारा ट्रम्पको भनाइको विरोध


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

मानिसहरूलाई बन्दुक राख्न दिएको भए सन् २०१५ को प्यारिस हमलालाई रोक्न सकिन्थ्यो भन्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइप्रति फ्रान्सले विरोध जनाएको छ।

प्यारिस हमलामा १ सय ३० जना मारिएका थिए।

फ्रान्सको विदेश मन्त्रालयले ट्रम्पको दावीलाई खारेज गरेको छ र पीडितहरूको सम्झनाको सम्मान गर्न भनेको छ।

शुक्रवार टेक्ससमा न्याशनल राइफल एशोसियसनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भने- यदि प्यारिसको सांगीतिक कार्यक्रम हलमा काम गर्ने एक जनासँग पनि त्यो राति बन्दुक भइदिएको भए बन्दुकधारीहरू या त भाग्थे या त मारिने थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहसन

सम्बोधनका क्रममा ट्रम्पले प्यारिस हमलामा बन्दुकधारीहरूले एक-एक जना पीडितलाई बोलाउँदै गोली हानेको र गोली चलेको आवाज निकाल्दै प्रहसन गरेका थिए।

जबकि वास्तविकतामा प्यारिस हमलाकारीले पीडित १३० जनामाथि अन्धाधुन्ध गोली चलाएका थिए र बम भएका ‘बेल्ट’हरू विस्फोट गराएका थिए।

 

प्यारिस
Image captionप्यारिस हमलाका केही पीडितहरू

प्यारिस हमला गरिएको बेलाका राष्ट्रपति फ्रास्वां ओलान्दले ट्रम्पको भनाइलाई ‘लज्जाजनक’ भनेका छन्।

ओलान्दले थपे, “ट्रम्पको भनाइले उनी फ्रान्स र फ्रान्सेली मान्यताबारे के सोच्छन् भन्ने विषयमा धेरै कुरा बताएको छ।”

‘अभद्र’

तत्कालीन फ्रान्सेली प्रधानमन्त्री मानुएल भासले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अभद्र र अक्षम। योभन्दा बढी म के भन्न सक्छु र?’

हालै अमेरिका भ्रमणका क्रममा ट्रम्पसँग सौहार्दपूर्ण वार्ता गरेका राष्ट्रपति एमानुएल माक्रोँले चाहिँ ट्रम्पको भनाइप्रति कुनै प्रतिक्रिया जनाइसकेका छैनन्।

सन् २०१५ को नोभेम्बर १३ मा गराइएको हमलाको जिम्मेवारी तथाकथित इस्लामिक स्टेट समूहले लिएको थियो।

न्याशनल राइफल एशोसियसनलाई नै गरेको सम्बोधनमा ट्रम्पले लण्डनमा हुने गरेका चक्कु प्रहारका घटनाको आलोचना गर्दै सो शहरका अस्पतालहरूलाई ‘युद्धक्षेत्र’सँग तुलना गरे।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com