मोदीले दिए जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

श्रद्धाञ्जली दिवंगत व्यक्तिलाई दिइन्छ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली दिएका छन् ।

बिहारको मोतिहारीमा हालै भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै मोदीले ट्वीटरमार्फत् दुःख व्यक्त गर्दै दिवंगत व्यक्तिहरुलाई श्रद्धाञ्जली दिए ।

वास्तवमा सो दुर्घटनामा कसैको पनि मृत्यु भएको थिएन तर, २७ जनाको मृत्यु भएको भनेर हल्ला फैलियो । त्यो सूचना आएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले मात्रै होइन, बिहारका मुख्यमन्त्री नितिश कुमार, उपमुख्यमन्त्री सुशील कुमार मोदी र पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवलेसमेत दुर्घटनामा मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गरे ।

बिहारको मुजफ्फरपुरबाट दिल्ली जाँदै गरेको बस बिहीबार पूर्वी चम्पारण जिल्लाको कोटवा थाना क्षेत्र दुर्घटना भएको थियो । भारतीय एक मिडियामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै प्रधानमन्त्री मोदीदेखि सर्वसाधारणसम्मले दुःख व्यक्त गर्न सुरु गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले एक सरकारी कार्यक्रममा सहभागी भइरहेको बेला दुर्घटनाको खबर पाएका थिए । लगत्तै उनले शोक व्यक्त गरे र एक मिनेट मौनधारण पनि गराएका थिए ।

त्यतिमात्रै होइन मुख्यमन्त्री कार्यालयबाट शोक विज्ञप्ति जारी गरियो जसमा लेखिएको छ, ‘बिहारको यस दुर्घटनामा जो व्यक्ति मारिएका छन्, उनीहरुका परिवारलाई नियमअनुसार आर्थिक सहायता उपलब्ध गराइने छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com