बेलायतको स्थानीय चुनावमा तीन जना नेपाली विजयी


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

बेलायतमा सम्पन्न स्थानीय चुनावमा नेपाली मूलका ३ व्यक्ति काउन्सिलरमा विजयी भएका छन् ।
नेपाली मूलका विष्णु गुरुङ, चित्र राना र लक्ष्मण गुरुङ काउन्सिलरमा विजयी भएका हुन् । काउन्सिलरमा जित सफल तीनैजना भूतपूर्व गोर्खा सैनिक हुन् ।

हयानवर्थ पार्क वार्डबाट प्रतिस्पर्धा गरेका विष्णु गुरुङ १३१५ मतका साथ विजयी भएका छन् । लेबर पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका गुरुङ यसअघि पनि काउन्सिलर पदमा विजयी भएका थिए ।

त्यसैगरी, कन्जरभेटिभ पार्टीका तर्फबाट वकिङ बरोको गोल्डवर्थ पार्कको काउन्सिलरमा उम्मेदवारी दिएका भूतपूर्व गोर्खा सैनिक मेजर चित्र राना दोस्रोपटक काउन्सिलर पदमा निर्वाचित भएका छन् । राना लिबरल डेमोक्र्याट्सका जेम्स रिचार्डलाई १० मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

उता बार्नेट काउन्सिलको हेल वार्ड काउन्सिलरमा लक्ष्मण गुरुङको पल्लाभारी भएको छ । कन्जरभेटिभ पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका गुरुङ ३ हजार ७ मतका साथ विजयी भएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com