सपना परियार खसोखासको ‘शशक्तिकरण सम्पादक’


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

सपना परियार अमेरिकाबाट प्रकाशित हुँदै आइरहेको खसोखासको शशक्तिकरण सम्पादक हुनुभएको छ । काठमाडौंमा बस्दै आउनुभएकी परियारसँग कारोबार दैनिक लगायत नेपालका विभिन्न राष्ट्रिय मिडियाहरुमा काम गरेको अनुभव छ ।

अबदेखि उहाँले खसोखासमा महिला, दलित, बालबालिका, सिमान्तकृत लगायत हरेक बर्ग, व्यक्ति र समुहको शशक्तिकरणको मुद्दामा कलम चलाउनुहुनेछ । खसोखासले विगतदेखि नै शशक्तिकरणका विषयलाई प्राथमिकता दिदै आएको छ ।

जातीय विभेदबिरुद्धको अभियानमा सकृय परियार एड्वान नेपालमा समेत कार्यरत हुनुहुन्छ । गोरखामा जन्मेर काठमाडौंमा पत्रकारितामा सकृय उहाँलाई खसोखास परिवारमा स्वागत छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com