विशेष सम्पादकीय : एनआरएन निर्वाचन आयोग विधान र कानुनसम्मत काम गर


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

आगामी अगस्त ११ र १२ मा हुने एनआरएन अमेरिकाको चुनाव नजिकिदै गर्दा विवादहरु तीब्र भइरहेका छन् । खासगरी अध्यक्षमा गौरी जोशीको उम्मेदवारीको विषयमा उब्जिएको विवादले एनआरएन आईसीसीलाई समेत हल्लाएको छ । विधि, प्रकृया, प्रभाव लगायतका विषयमा विवाद केन्द्रीत रहेको छ । कस्ले कस्लाई प्रभावमा पार्यो वा कस्ले विधि प्रकृया मिच्यो जस्ता विषयमा चुलिएको विवाद एनआरएनमा रुची राख्ने संचारमाध्यमका लागि पनि मसला बनेका छन् ।

निर्वाचन हुँदै गर्दा एकले अर्कोलाई प्रभावमा पार्ने हरप्रकारका अझ कहिलेकाँही निकृष्ट र हदैसम्मका गतिविधि जुनसुकै देशका जस्तासुकै निर्वाचनमा हुने गर्छन्, जुन स्वभाविक हो । एनआरएन अमेरिकाको चुनावमा पनि एकले अर्कोलाई प्रभाव पार्ने हदैसम्मका कसरतहरु भइरहेका छन् । अझ एनआरएन अमेरिकाको निर्वाचन आयोगलाई प्रभावित पार्नमा एनआरएन अमेरिकाका पर्दापछाडिका खेलाडीहरुदेखि आईसीसीका व्यक्तिसमेतले सकृय सहभागिता जनाइरहेका छन् । जुन स्वभाविक पनि हो । निर्वाचनका बेला जिम्मेबार व्यक्तिसमेत गैरजिम्मेबार हुने गर्छन् । गैरजिम्मेबार र अनुशासनहिन हुनेहरुलाई जिम्मेबारीबोध गराउने विधिहरु पनि छँदैछन् ।

तर यतिबेला बल निर्वाचन आयोगको कोर्टमा छ । मुख्य जिम्मेबारी लिने बेला पनि निर्वाचन आयोगको नै हो । निर्वाचन आयोग कुनै व्यक्ति, समुह वा उम्मेदवारबाट प्रभावित नभई नियम र कानुनसंगत रुपमा स्वतन्त्र तरिकाले अगाडि बढ्नुपर्छ । सकिन्छ, आईसीसीको विधानमा नबाझिनेगरी काम अगाडि बढाउनुपर्छ । सकिदैन, अमेरिकी कानुन अनुशार एनसीसीको विधान भने कुनै हालतमा बाझिनुहुँदैन । विधान र कानुन मिच्ने अधिकार न त निर्वाचन आयोगलाई छ, न त एनसीसी वा आईसीसीका उच्चै तहका व्यक्तिलाई नै छ । जति उच्च तहको व्यक्तिले पत्र लेखेपनि वा भनेपनि तथ्य, कानुन र विधानसम्मत तरिकाले अगाडि बढ्नु निर्वाचन आयोगको जिम्मेबारी हो ।

कसैलाई कुनै कुरा चित्त नबुझे दावी विरोध गर्नसक्ने अधिकार निर्वाचन आयोग सुरक्षित गरेकै हो । निर्वाचन आयोगको काम कारवाही चित्त नबुझे न्यायायिक समिति पनि छँदैछ । न्यायिक समितिको निर्णय पनि चित्त नबुझे अमेरिकी अदालत छँदैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com