सेनामा धेरै खर्च गर्ने विश्वका १० मुलुक


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

सन् २०१७ मा संसारभरि सैन्य खर्च १,७०० अर्ब डलर पुग्यो। जसमध्ये अमेरिकाले मात्रै ६१० अर्ब डलर खर्च गरेको छ। अर्का दुई ठूला देश चीनले १२ अर्ब र रुसले १३.९ अर्ब डलर सेनामा खर्च गरेका छन्।

विश्वका ठूला आर्थिक शक्तिहरूले आफ्ना सेना र रक्षा मामिलामा सबैभन्दा बढी खर्च गर्ने गरेको बताइन्छ।

तर जानकारहरूका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा यी तीवनटा मुलुक सेनामा धेरै खर्च गर्ने त्यस्ता देशको सूचीमा अग्रस्थानमा छैनन्, जसले आफ्नो आयको धेरै रकम सुरक्षा बजेटमा खर्चेका छन्।

सुरक्षा खर्चसम्बन्धी विषय हेर्दै आएको स्टकहोम इन्टरन्याशनल पीस रिसर्च इन्स्टिट्युट (एसआइपीआरआइ) को अध्ययन प्रतिवेदन अनुसार सन् २०१७ मा अमेरिकाले जीडीपीको ३.१ प्रतिशत सेनामा खर्च गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी चीनले १.९ प्रतिशत र रुसले ४.१ प्रतिशत रकम सेनामा खर्च गरेका छन्।

यी हुन् सेनामा धेरै खर्च गर्ने १० मुलुकः

१०. बहराइन

बहराइन एउटा राजतन्त्रात्मक मुलुक हो जहाँ सुन्नी मुस्लिमको शासन छ र त्यहाँ सेनाको उच्चपदमा शाही परिवारका सदस्य छन्।

१४ लाख शिया मुस्लिमहरू पनि रहेको बहराइनमा अहिले तनाव जारी छ।

सन् २०११ मा भएको अरब आन्दोलनका क्रममा त्यहाँ प्रदर्शनकारीहरूले राज्य संयन्त्रमा नागरिकको प्रतिनिधित्व बढाइनुपर्ने माग गरेका थिए।

सेना

 

सरकारी आग्रहमा प्रदर्शनकारीमाथि नियन्त्रण कायम गर्न गल्फ कर्पोरेशन काउन्सिलको फौज परिचालन गरिएको थियो।

सन् २०१७ मा बहराइनमा सेनामा १.३९६ अर्ब डलर खर्च गरिएको छ, जुन कुल जीडीपीको ४.१ प्रतिशत हुन आउँछ।

९. रुस

सन् १९९७ मा रुसले आफ्नो जीडीपीको ४.३ प्रतिशत सेनामा खर्च गरेको थियो। तर सन् १९९८ मा उसले घटाएर ३ प्रतिशतमा झार्‍यो।

त्यसपछि सेनामा गरिने खर्च बढ्दै सन् २०१६ आउँदा ५.५ प्रतिशत पुग्यो।

सेना

 

तर फेरि घटेर सन् २०१७ मा ४.३ प्रतिशत भयो।

एसआइपीआरआइका प्रमुख अनुसन्धानकर्ता सीमोन वेगम्यानका अनुसार सन् २०१४ यता रुस आर्थिक समस्याबाट जुझिरहेको छ, जसका कारण उसले सैन्य खर्चमा कटौती गरेको हुन सक्छ।

सेनाको आधुनिकीकरण अहिले उसको प्राथमिकतामा छ।

८. लेबनन

मध्यपूर्वमा बढी सैन्य सामग्री भएका ६ वटा देशको सूचीमा लेबनन पनि पर्छ।

सन् १९७५ देखि ९० को बीचमा यो देश लामो गृहयुद्धबाट गुज्रियो र त्यसयता त्यहाँ गहिरो मतभेद रहिआएको छ।

सेना

 

सन् २०१७ मा लेबननले २.४११ अर्ब डलर सेनामा खर्च गरेको छ, जुन उसको कुल जीडीपीको साढे ४ प्रतिशत हुन आउँछ।

७. इजरेल

सन् १९४८ यता इजरेलको सम्बन्ध उसका छिमेकी मुलुकहरूसँग तनावपूर्ण रहिआएको छ।

उसको एकातर्फ सिरिया छ भने अर्कोतर्फ लेबननको हिज्बुल्लाह लडाकु समूह छ जसलाई सिरियाको समर्थन प्राप्त छ।

सेना

 

इजरेल सिरियामाथि अमेरिकी हमलाको समर्थन गर्दछ तर बशर अल-असदको सरकारलाई समर्थन गर्दैन।

६. जोर्डन

सन् १९४६ मा जोर्डन स्वतन्त्र भएपछि हालसम्म संघर्षपूर्ण अवस्थाबाट गुज्रिँदै आएको छ।

सन् १९६७ मा इजरेलसँग ६ पटक लडाइँ गरेको जोर्डनले वेस्ट ब्याङ्क र पूर्वी जेरूसलेममाथिको नियन्त्रण गुमायो।

सन् १९४८ मा भएको अरब-इजरेल युद्धपछि ती क्षेत्रमा जोर्डनको नियन्त्रण थियो।

सेना

 

सन् १९८४ मा जोर्डनले इजरेलसँग शान्ति सम्झौता गर्‍यो। तर तथाकथित इस्लामिक स्टेटका कारण अहिले त्यहाँ तनाव छ।

सन् २०१७ मा जोर्डनले आफ्नो जीडीपीको ४.८ प्रतिशत अर्थात् १.९३९ अर्ब डलर खर्च गरेको छ।

५. अल्जेरिया

अल्जेरियामा फ्रान्सको उपनिवेश थियो। स्वतन्त्रताको लामो लडाइँपछि सन् १९६२ मा स्वतन्त्र भए पनि देशभित्रको हिंसा अझै चलिरहेको छ।

सेना

 

हिंसाका एउटा प्रमुख कारण धर्म र समाजभित्रको मतभेद रहेको बताइन्छ।

एसआइपीआरआइका अनुसार सन् २०१७ मा अल्जेरियाले सेनामा कुल जीडीपीको ५.७ प्रतिशत अर्थात् १०.०७३ अर्ब डलर खर्च गरेको छ।

४. कुवेत

साउदी अरब, इरान र इराकसँग सीमा जोडिएको कुवेतमा संवैधानिक राजतन्त्र छ।

सेना

 

३० लाख जनसंख्या भएको यो मुलुकमा अमेरिकी सेनाको कैयौँ अखडा छन्।

सन् २०१७ मा कुवेतले ६.८३१ सेनामा अर्ब डलर खर्च गरेको छ जुन कुल जीडीपीको ५.८ प्रतिशत हो।

३. प्रजातान्त्रिक गणतन्त्र कंगो

अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगो आन्तरिक संघर्षबाट गुज्रिरहेको छ।

सेना

 

उसले सन् २०१७ मा कुल जीडीपीको ६.२ प्रतिशत अर्थात् ०.४८४ अर्ब डलर सेनामा खर्च गरेको छ।

२. साउदी अरेबिया

साउदी अरेबियाले सन् २०१५ देखि यमनमा हुथी विद्रोहीविरूद्धको कारबाहीको नेतृत्व गर्दै आएको छ।

सेना
सिरियाबाट तथाकथित इस्लामिक स्टेट समूहलाई धपाउने अन्तर्राष्ट्रिय कारबाहीमा पनि साउदी अरेबिया संलग्न रहिआएको छ।

एसआइपीआरआइका अनुसार सन् २०१७ मा उसले ६९.४१३ अर्ब डलर अर्थात् जीडीपीको १० प्रतिशत खर्च गरेको तथ्याङ्क छ।

१. ओमान

इरान, साउदी अरेबिया र यमनको छिमेकी देश ओमानले एक दशकयता आफ्नो सैन्य खर्च बढाउँदै लगेको छ।

सेना

 

आफ्नो आयको सबैभन्दा बढी रकम खर्च गर्ने देशको सूचीमा ओमान शीर्ष स्थानमा छ।

सन् २०१७ मा उसले आफ्नो जीडीपीको १२ प्रतिशत अर्थात् ८.६८६ अर्ब डलर खर्च गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com