किमलाई भेट्नुअघि मूनसँग ट्रम्पको वार्ता


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले मे २२ मा ह्वाइट हाउसमा वार्ता गर्ने भएका छन्।

ट्रम्प र उत्तर कोरियाका नेता किम जङ-अनबीच मेको अन्त्य वा जुनमा हुने ठानिएको बैठकअघि दुई नेताबीच यो भेटवार्ता हुन लागेको हो।

यसअघि ट्रम्पले बैठकका लागि समय र स्थान तय भएको बताएका थिए। तर त्यसबारे थप विवरण भने खुलाएका थिएनन्।

उनले अमेरिकाले प्योङयाङसँग यसबारे विस्तृत वार्ता गरिरहेको र उत्तर कोरियामा हिरासतमा रहेका अमेरिकी नागरिकहरूलाई के भयो भन्ने विषयमा धेरै छलफल भइरहेको बताएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अपेक्षा

शुक्रवार ह्वाइट हाउसबाहिर अमेरिकी पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किमलाई भेट्नका लागि मिति र स्थान तय भइसकेको र त्यसबारे छिट्टै घोषणा गरिने बताए।

उनले उक्त भेटबाट धेरै राम्रा कुराहरू हुने अपेक्षा राखेको पनि बताए।

तर त्यसअघि उक्त बैठकबारे छलफल गर्न ट्रम्पले मे २२ मा दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनलाई ह्वाइट हाउसमा भेट्न लागेका छन्।

ट्रम्प

 

ट्रम्पले यसअघि भेटका लागि उत्तर कोरिया र दक्षिण कोरियाबीचको सैन्य कारबाही प्रतिबन्धित गरिएको क्षेत्रमा भेट्न उचित हुने धारणा राखेका थिए। तर सँगै सिंगापुर पनि एउटा विकल्प हुन सक्ने बताएका थिए।

अमेरिकाको मुख्य उद्देश्य उत्तर कोरियाको पारमाणविक निश्शस्त्रीकरणलाई सुनिश्चित गर्नु हो।

अस्वीकार

दुइ नेताबीच प्रत्यक्ष भेट हुनुअघि उत्तर कोरियामा थुनामा परेका तीन अमेरिकी नागरिकको रिहाइका लागि पनि छलफलहरू जारी रहेको ठानिएको छ।

तर उनले वार्ताको एउटा हिस्साको रूपमा दक्षिण कोरियाबाट अमेरिकी दस्तालाई निकाल्न सकिने भन्ने विषयबारे उनले सोचिरहेको बुझाइ चाहिँ अस्वीकार गरे।

यसैबीच उत्तर कोरियाले दक्षिण कोरियासँग समय मिलाउनका लागि आफ्नो समय परिवर्तन गरेको छ।

उसले आफ्नो समय शुक्रवार राति साढे ११ बजे परिवर्तन गरी ३० मिनेट अगाडि अर्थात् १२ बजे बनाएको हो।

यसलाई गत साता भएको अन्तर-कोरियाली शिखर बैठकपछिको पहिलो व्यवहारिक कदमको रूपमा लिइएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com