महिलाको पेटबाट निकालियो ६० किलोको डल्लो


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

वैशाख २२, एजेन्सी । धेरै महिला हुन्छन् जसको जिउको जम्माजम्मी वजन पनि ६० किलो हुँदैन । तर एकजना महिलाको भने पेटबाटै ६० किलो वजनको मासुको डल्लो निकालिएको छ ।

५ घण्टाको गहन शल्यक्रिया पश्चात् २५ जना डाक्टरको समूहले एकजना महिलाको पेटबाट झण्डै ६० किलो तौलको ट्युमर निकाल्न सफल भएका हुन् ।
कुनै पनि मानिसको जिउबाट शल्यक्रिया गरी निकालिएको यो अहिलेसम्मकै ठूलो ट्युमर रहेको बताइएको छ ।

उक्त शल्यक्रिया गत फेब्रुअरीमा अमेरिकाको कनेक्टिकटस्थित डेनबरी अस्पतालमा भएको हो । पेटभित्र त्यति तीव्र गतिमा त्यति ठूलो ट्युमर कसरी पैदा भयो भन्ने विषयमा अनुसन्धानमा जुजिटरहेका छन् अहिले डाक्टरहरु । दुई महिनाको अवधिमा ती महिलाको तौल निकै तिव्र गतिमा बढेको र पेट पनि अस्वभाविक रुपमा बढ्दै गएपछि ती महिला उपचारका लागि पुगेकी थिइन् । उनको पेटमा उक्त ट्युमर प्रतिहप्ता ५ किलोका दरले बढिरहेको थियो । शल्यक्रिया पश्चात झण्डै दुई हप्ता ती महिलालाई अस्पतालमै राखेर उपचार गरिएको थियो र त्यसपछि डिस्चार्ज गरियो ।

बिहिबार मात्र अस्पतालले उक्त सफल शल्यक्रियाका विषयमा जानकारी गराएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त ट्युमर महिलाको अण्डासयमा पलाएको थियो । तर त्यसले पेटको सबै भाग ओगटेर मुटु लगायतका अंगलाई पनि असर पार्न थालेको थियो । ट्युमले आन्द्रा थिचेपछि उनले राम्रोसँग खान पनि पाएकी थिइनन् र कुपोषित बन्दै गएकी थिइन् ।

शल्यक्रियासँगै महिलाको बायाँ अण्डासय पनि झिकेर फ्याँकिएको छ र ट्युमरका कारण बढेको पेटको केही छाला पनि फ्याँकिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com