भारतमा महातूफानका कारण १२९ जनाको मृत्यु, कसरी आयो तूफान ?


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

वैशाख २१, काठमाडौं । – भारतमा बुधवार आएको महातूफानका कारण १२९ जनाको मृत्यु भइसकेको छ । मौसम विभागले तूफान आउने कुराको पूर्वानुमान गरेको भएपनि यति धेरै विनाशकारी होला भन्ने आशंका गरेको थिएन ।

आगामी ४८ घन्टासम्म उत्तर प्रदेश र राजस्थानका दश जिल्लामा खतरा रहेको मौसम विभागले चेतावनी जारी गरेको छ ।

मौसम विभागका अधिकारीहरूका अनुसार, उच्च तापक्रमका कारण उत्तर भारतमा तूफान र धूलोयुक्त आँधी सामान्य विषय हो । अधिकारीहरूले बुधवार तूफानलाई पश्चिमी विक्षोभ अर्थात् वेस्टर्न डिस्टर्बेन्सको साथ प्राप्त भएपछि
विनाशकारी क्षमताको वृद्धि भयो । अनि अस्थिर वातावरणका कारण तूफान शक्तिशाली भएर इलाकामा फैलियो ।

राजस्थानमा तूफानले जनजीवन अस्तव्यस्त बनाइदियो । धेरै मानिसको ज्यान गयो । कच्चा घरमा बस्ने कैयौं परिवार घरवारविहीन भए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तूफानको असर पञ्जाबमा पनि देखियो । किसानको फसल तूफानका कारण ध्वस्त भयो ।

आगराको शहरी क्षेत्रभन्दा पनि ग्रामीण क्षेत्रमा अधिक विनाश भएको छ । लगभग ९० मिनेटसम्म आँधी, बर्खा र असिनाका कारण कैयौं रुख उखेलिए । शहरी क्षेत्रमा घरका छत उडे । ताजमहल परिसरमा पनि दुईवटा रुख खसेको
सूचना छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com