३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न अपिल, के तपाईंले गर्नुभयो ?


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

सोसल मिडिया कम्पनी ट्वीटरले आफ्ना लगभग ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । प्राविधिक गडबडीका कारण केही पासवर्ड कम्पनीको आन्तरिक कम्प्युटर सिस्टममा स्टोर भएपछि सबै प्रयोगकर्तालाई यसका लागि अपिल गरिएको हो ।

यद्यपी, ट्वीटरले आन्तरिक अनुसन्धानमा कसैको पनि पासवर्ड नचोरिएको र त्यसको गलत प्रयोग नभएको स्पष्ट पारेको छ । ट्वीटरले सावधानी अपनाउँदै आफ्ना समस्त प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्नका लागि अपिल गरेको हो । ट्वीटरका मुख्य कार्यकारी अधिकारी ज्याक डोर्सेले एक ब्लग पोष्ट गर्दै उक्त त्रुटीमा खेद व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस :

फेसबुकसँगको विवादका कारण ह्वाट्स एपका सीईओले राजीनामा दिने

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौं । लोकप्रिय म्यासेजिङ सर्भिस ह्वाट्स एपका सहसंस्थापक जान कोउमले कार्यकारी प्रमुख पदबाट राजीनामा दिने भएका छन् । फेसबुकबाट उनले यसको आधिकारिक घोषणा गरेका हुन् ।

‘प्रविधिभन्दा बाहिर आफ्नो रुचिका काममा संलग्न हुन केही खाली समय चाहिएको’ उनले एक पोष्टमा लेखेका छन् ।

फेसबुकसँगको विवादका कारण ह्वाट्स एपका सीईओले राजीनामा दिने

तर वासिंटन पोष्टमा सोमबार प्रकाशित समाचारअनुसार ह्वाट्सएपको रणनीतिका सम्वन्धमा यसको प्यारेन्ट कम्पनी फेसबुकसँग कोउमको टकराव बढेको थियो । ह्वाट्सएपको व्यक्तिगत डाटा प्रयोग गर्ने फेसबुकको प्रयासमा उनले आपत्ति जनाएका थिए ।

कोउमले आफ्नो वक्तव्यमा भनेका छन्, ‘ब्रायन (एक्टोन) र मैले ह्वाट्सएप सुरु गरेको एक दशक भइसक्यो । केही उत्कृष्ट मान्छेहरुसमेतको यो यात्रा एदकमै स्मरणीय रह्यो । तर, मेरो आफ्नै हिसाबले अगाडि बढ्ने समय आएको छ ।’

‘अहिलेको टिम विगतकोभन्दा बलियो छ र यसले धेरै राम्रो नतिजा निकाल्नेछ । म बाहिरै रहेर ह्वाट्सएपको सफलताको कामना गर्नेछु,’ उनले अगाडि लेखेका छन् ।

यूक्रेनका आप्रवासी कोउमले स्टान्डफोर्डका विद्यार्थी ब्रायन एक्टोनसँग मिलेर सन् २००९ मा ह्वाट्सएप स्थापना गरेका थिए । सन् २०१४ मा यसलाई फेसबुकले १९ अर्ब डलरमा खरिद गरेको थियो । पछिल्लो समयमा फेसबुक र ह्वाट्सएपको सम्वन्ध बिग्रेको थियो । एक्टोनले गत नोभेम्बरमा फेसबुकको आलोचना गर्दै कम्पनी छोडेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com