माउण्ट फुजीमा ज्वालामुखी विस्फोट भए टोकियो शहरलाई यस्तो खतरा


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

जापानको प्रतिष्ठित माउण्ट फुजीमा ज्वालामुखी विस्फोट भएमा त्यसबाट आएको खरानीले टोकियो शहरमा असर पुग्ने सक्ने बताइएको छ । यो तथ्य सरकारी विपद व्यवस्थापनले मंगलबार जारी गरेको एक रिपोर्टले देखाएको हो । विस्फोटपछि टोकियोमा आइपुग्ने खरानीले सहरका सडकहरु छोपिने र पानी वितरण पनि अबरुद्ध हुने अध्ययनले देखिएको छ ।
चुचुरोको भागमात्र हिँउले छोपिएको उक्त हिमाल जापानको सबैभन्दा अग्लो पर्वत हो । टोकियोबाट १०० किलोमिटर पश्चिम रहेको यो पर्वतलाई जापानको प्रतिक मानिन्छ ।

तर माउण्ट फुजी एक सक्रिय ज्वालामुखी पर्वत पनि हो । यो भन्दा अघि सन् १७०७ मा यो पवर्तमा ज्वालामुखी विस्फोट भएको थियो । हुनत पछिल्लो दशकमा यसले सक्रिय हुने लक्षण देखाएको छैन तर क्योदो समाचार एजेन्सीले अबलोकन गरेको सरकारी अध्ययनले विस्फोट भएको अवस्थामा केन्द्रिय टोकियोमा दश सेन्टिमिटरभन्दा बढी मोटो खरानी खस्ने देखाएको छ ।

यति खरानीले सडकमा गाडी चलाउन असम्भव हुने भएकाले राजधानी अबरुद्ध हुनेछ ।
अध्ययनले खरानीको ०.५ सेन्टीमिटरले कारहरुमा यान्त्रिक समस्याहरु आउने देखाएको छ । र १ सेन्टिमिटरभन्दा बढी खरानीले सार्बजनिक विद्युत सेवा काटीने र पानी प्रशोधन प्रणाली असफल हुने देखाएको छ ।

विपद अध्ययनको नेतृत्व गरेका नोरिको उरताले सरकारले सम्भावित विस्फोटको असर जाँचेको पुष्टि गरे । यसका साथै उनले संकटको बेलामा चालिने कदमहरुबारे पनि अध्ययन भइरहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“तर हामी यसको पूर्ण विवरण सार्वजनिक गर्ने अवस्थामा छैनौं । ” नोरिकोले एएफपीलाई भने । सरकारले विस्फोटले पु¥याउने क्षतीको लागत २३ अर्ब डलर हुने आँकलन गरेको छ ।
जापानमा ११० भन्दा धेरै सक्रिय ज्वालामुखीहरु रहेका छन् । जापान विश्वको सबैभन्दा धेरै ज्वालामुखी फुट्ने र भूकम्प जाने प्रशान्त महासागरको ‘आगोको घेरो’ भनिने भूभागमा रहेको छ ।

यही वर्षको जनवरीमा टोकियोको उत्तरपूर्वमा रहेको एक स्की रिजोर्टनजिक ज्वालामुखी विस्फोट हुदाँ एक जापानी सैनिक मारिएका थिए भने कयैन घाइते भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com