भारतमा धूलोयुक्त शक्तिशाली आँधीका कारण झन्डै सय जनाको मृत्यु


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

उत्तरी भारतमा आएको धूलोयुक्त शक्तिशाली आँधीका कारण कम्तीमा झन्डै सय जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

उक्त आँधीले खासगरी राजस्थान र उत्तर प्रदेश प्रभावित भए।

बुधवार आएको उक्त आँधीका कारण ठाउँठाउँमा बिजुली अवरुद्ध भएको, रूखहरू ढलेका, घरहरू भत्किएका र वस्तुभाउ पनि मारिएका विवरणहरू आएका छन्।

उत्तर प्रदेशमा ६४ जना हताहत भए। प्रसिद्ध पर्यटकीय गन्तव्य ताजमहल भएको आग्रा जिल्लामा मात्रै ३६ जनाको ज्यान गयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आँधीले राजस्थानको अलवर, भरतपुर, र ढोलपुर सबभन्दा धेरै प्रभावित भए। त्यहाँ ३१ जनाको ज्यान गयो।

सङ्ख्या बढ्न सक्ने
अधिकारीहरूले हताहत हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन्।

उत्तर प्रदेशमा रूख ढलेर र पर्खाल भत्केर धेरै जना मारिएका हुन्।

राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई राहत कार्यक्रमको अनुगमन गर्न निर्देशन दिएका छन्।

आँधीले राजस्थानको अलवर, भरतपुर, र ढोलपुर सबभन्दा धेरै प्रभावित भए। त्यहाँ ३१ जनाको ज्यान गयो।

अनौठो


यो याममा धूलोयुक्त आँधी आउनु उत्तर भारतमा स्वाभाविक भए पनि यति परिमाणमा मानिसहरू हताहत हुनु अनौठो मानिएको छ।

राजस्थानको राज्य सरकारले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप भारु चार लाख दिने घोषणा गरेको छ।

अलवरमा विद्यालयहरू पनि बन्द भएका छन्।

“म यो कार्यालयमा रहेको २० वर्षभन्दा बढी भयो तर यत्तिको नराम्रो अवस्था यसअघि मैले देखेको थिइनँ,” राजस्थानका विपद् व्यवस्थापन सचिव हेमन्त गेराले बीबीसीलाई बताए।

बुधवार साँझ राजधानी दिल्लीमा पनि ठूलो वर्षासहित आँधी आएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com