वैशाख २०, एजेन्सी । अमेरिकी राज्य जर्जियामा एउटा कार्गो विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। सी–१३० विमान जर्जियाको तटीय सहर सवानामा दुर्घटना भएको अधिकारीहरुले बताएका छन्। जर्जियाको पुर्टोरियोमा परीक्षण उडानका बेला दुर्घटना भएको त्यहाँको नेसनल गार्डका अधिकारीहरुले बताएका छन्। पोर्टो रियोका नेशनल गार्डका प्रवक्ता मेजर पाल डाहलेनले मृत्यु भएको पुष्टि गर्दै उक्त विमानमा पाँच चालक दलका सदस्य र चार यात्रु रहेको जानकारी दिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो दुखद घटना भएको भन्दै मृतक र उनका परिवारप्रति सहानुभूति प्रकट गरेका छन्। उनले छानबिनका लागि निर्देशन दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।