इरानमा भूकम्प, ८४ जना घाइते


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

वैशाख १९, तेहरान । इरानको पश्चिमी कोहगील र बोयेराहमाद प्रान्तमा भूकम्प गएको छ ।

स्थानीय समयानुसार बुधबार बिहान १०ः३८ मा आएको भूकम्पमा परी कम्तीमा ८४ जना घाइते भएका छन् । यस भूकम्प ५।२ म्याग्नीच्युड मापन गरिएको र मानिसहरु त्रसित अवस्थामा रहेका इजना समाचार संस्थाले समाचार सम्प्रेषण गरेको छ ।

यस भूकम्पको केन्द्रबिन्दु भूकम्प प्रभावित क्षेत्रको नै आपपासमा आठ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

फेरी पनि भूकम्पको पराकम्प हुने आशंकाले स्थानीय बासिन्दा सडक र खुल्ला ठाँउहरुमा भेला भएका छन् । उद्धारकर्ताहरुले घरमा कतैकोही पुरिएको छ की भनेर खोजी गरिरहेका छन् भने अहिले घरमा नजान र बाहिरै बस्न आह्वानसमेत गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुख्य बजार क्षेत्रहरुका ठूलो क्षतिको कुनै विवरण नआए पनि ग्रामीण क्षेत्रमा भने सामान्य क्षति भएको पाइएको छ ।

भूकम्पका कारण सञ्चार सेवा र विद्युत् सेवा अवरुद्ध भएका छन् । त्यसैगरी केही सडकहरुमा पनि अवरोध भएका जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रहरुमा उद्धार तथा राहतका लागि ठूलो संख्यामा स्वयमसेवकहरु पठाइएको छ ।

इरानको यही क्षेत्रमा सन् २०१७ को नोभेम्बरमा गएको ७।३ म्याग्नीच्युडको भूकम्पका कारण कम्तीमा ५३० जनाको मृत्यु हुनुको साथै आठ हजार घाइते भएका थिए । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com