दक्षिण कोरियाले निकाल्यो किम जोंग उनविरुद्ध प्रचार गर्ने स्पिकर


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

बीबीसी

उत्तर र दक्षिण कोरियाको सीमामा राखिएको लाउडस्पिकर दक्षिण कोरियाले हटाउन सुरु गरेको छ ।

मंगलबार दक्षिण कोरियाका रक्षामन्त्रालयले आफूहरुले स्पिकर हटाउने कार्य सुरु गरेको जानकारी दिएका हुन् ।

उत्तर कोरियाको तर्फबाट पनि यस्तै कदम उठाइएको संकेत पाएको उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुबै देशले सीमामा राखिएको ती लाउड स्पिकरमार्फत वर्षौंदेखि एक अर्काविरुद्ध प्रचार गर्दै आएका थिए ।

गत हप्ता दुबै देशका नेताको ऐतिहासिक भेटघाट र शान्ती स्थापनाको कोसिसबीच यसलाई सांकेतिक कदमको रुपमा हेरिएको छ ।

 

गत शुक्रबार उत्तर कोरियाली नेता किम जोंग उन र दक्षिण कोरियाली नेता मून जे इन दुबै देशबीचको तनाव घटाउन र प्रायद्वीपलाई परमाणु हतियारबाट मुक्त गर्ने विषयमा सहमत भएका थिए ।

परमाणु मुद्दाबारे छलफलका लागि किम जोंग उन केही हप्ताभित्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट्ने सम्भावना छ ।

दक्षिण कोरियाको लाउडस्पिकर सन् १९६० को दशकमा लगाइएको थियो र त्यतिबेलादेखि नै सीमामा पप संगीतदेखि खबरको प्रसारण गर्दै आएको थियो ।

सामग्री विशेषगरी उत्तर कोरियाली सैनिकलाई ध्यानमा राखेर प्रसारण गरिन्थ्यो ता कि उनीहरुमा आफ्ना नेता किम जोंग उनप्रति शंका पैदा गर्न सकियोस् ।

 

दक्षिण कोरियाले कहाँ र कति स्पिकर राखिएका छन् भन्ने बारे कहिले पुष्टि गरेन । यद्यपी, शुक्रबारको वार्ता अघि दुबै देशले यी लाउडस्पिकरमाथि प्रसारण बन्द गरेको थियो ।

दुबै देशबिच विश्वास बढाउनका लागि यस्तो गरिएको दक्षिण कोरियाले पहिले नै बताएको थियो ।

इन्टर कोरियन समिट एक दशकभन्दा लामो समयपछि दुबै कोरियाली नेताबीचको भेटघाट थियो जसको अन्त्यमा एक संयुक्त घोषणापत्रमा हस्ताक्षर गरियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com