भारतीय प्रधानमन्त्री मोदीले चुनावी सभालाई सम्बोधन गर्दै


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

India’s Prime Minister Narendra Modi is seen at the G20 summit in Hamburg, Germany July 7, 2017. REUTERS/Wolfgang Rattay

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतको दक्षिणपश्चिम राज्य कर्नाटकमा निर्वाचन अभियानको सुरुवात गर्नुहुने कार्यक्रम छ ।

कर्नाटकमा हुने चुनावी सभालाई उहाँले मङ्गलबार सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् ।

विधान सभाको निर्वाचन यही मे महिनाको १२ मा हुने बताइएको छ । भारतीय जनता पार्टी (बिजेपी) का अधिकारहरुका अनुसार मोदीले मङ्गलबार सो राज्यमा मङ्गलबार आयोजना गरिएका तीन वटा चुनावी सभालाई सम्बोधन गर्नहुने भएको छ ।

राज्य सभाको लागि हुन गइरहेको सो निर्वाचनमा २१९ जना महिलासहित २ हजार ६५५ उम्मेदवार प्रतिश्पर्धामा रहेका छन् ।
सो निर्वाचनबाट २२४ जना राज्य सभाका सांसदहरु निर्वाचित हुने बताइएको छ । मोदीले कर्नाटकमा मे ८ सम्ममा एक दर्जन भन्दा बढी चुनावी सभालाई सम्बोधन गर्नुहुने पनि बताइएको प्रापत समाचारमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री मोदीले पनि कर्नाटकको आफ्नो भ्रमणअघि गर्नुभएको ट्वीटमा कर्नाटकमा मङ्गलबार गरिने तीन वटा चुनावी सभाको सम्बोधन आफूलाई प्रतिक्षाको विषय रहेको लेख्नुभएको छ ।

ती सभाहरुलाई भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पनि सो राज्यमा हुन गइरहेका चुनावी सभालाई सम्बोधन गर्न लाग्नुभएको उक्त समाचारमा जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com